नेता झलनाथ खनाल र चिनियाँ उच्चस्तरीय टोलीबीच भेटवार्ता
- hamro_kantipur
- २०७७ पुष १३

काठमाडौं, नेकपा माधव–प्रचण्ड पक्षका बरिष्ठ नेता झलनाथ खनाल र चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोलीबीच भेटवार्ता भएको छ । नेता खनाललाई भेट्न चिनियाँ टोली सोमबार अपरान्ह खनाल निवास डल्लु पुगेका हुन् ।
यसअघि सोमबारै चिनियाँ टोलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई छुट्टाछुट्टै भेटेको थियो । प्रचण्डलाई खुमलटार र नेपाललाई बानेश्वरस्थित होटलमा भेटेको थियो ।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली आइतबार नेपाल आएको हो ।
शीर्ष समाचार
- माघको अन्तिम सातादेखि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने
- राष्ट्रिय विकास समस्या समाधन समिति बैठक,समस्या पहिचान गरी तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
- नेपाल र भारत वार्ता:सीमा बारे छलफल,खोप उपलब्ध गराउन सहमत
- नेकपा मिलाउने अन्तिम प्रयासमा चिनियाँ राजदूत यान्छी,राष्ट्रपतिसँग भेटवार्ता
- नागरिक एपकाे सुरु,प्रयोग गरी लाभ लिन प्रधानमन्त्रीकाेआग्रह
प्रतिकृया दिनुहोस्