January 21, 2021, Thursday
२०७७ माघ ९, शुक्रबार

संसद विघटनविरुद्ध कांग्रेसले आज देशव्यापी प्रदर्शन गर्दै

  • 1
    Share

काठमाडौं, संसद विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशव्यापी प्रदर्शन गर्दैछ । आज कांग्रेसले देशका १६५ वटै निर्वाचन क्षेत्रमा एकसाथ प्रदर्शन गर्न लागेको हो । हरेक संघीय निर्वाचन क्षेत्रमा विरोध र्‍याली र सभा हुने कांग्रेसले जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले भक्तपुरको मध्यपुर थिमीमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् । यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

महामन्त्री डा. शशांक कोइरालाले नवलपुरमा सम्बोधन गर्नेछन् भने पूर्व महामन्त्री प्रकाशमान सिंहले बानेश्वर, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वर, केन्द्रीय सदस्यहरु नवीन्द्रराज जोशीले बसन्तपुर र गगन थापाले नेपालगन्जमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्नेछन् ।

कांग्रेस प्रवक्ता शर्माका अनुसार आज काठमाडौंका १५ ठाउँमा सभा र प्रदर्शन हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि कांग्रेस पनि वैचारिकरुपले विभाजित छ ।

शीर्ष समाचार

धेरै पढिएको