March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

वरिष्ठ राजनीतिज्ञ लोहनीको ९३ वर्षको उमेरमा निधन

काठमाडौं, वरिष्ठ राजनीतिज्ञ गोविन्दप्रसाद लोहनीको ९३ वर्षका उमेरमा शनिबार राति निधन भएको छ । उनी करीब दुई महिनाअघि राजधानीस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ भर्ना भएको उनको परिवार स्रोतले जनाएको छ ।

छयालीस सालको जनान्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका पछिल्लो समय स्वतन्त्र बुद्धिजीवीका रूपमा रहेका थिए ।

उनका ‘नेतृत्वको भोक’, (कथासङ्ग्रह), ‘यो हो सोभियत रूस’, ‘आजको चीन, ‘चीनी जनसङ्ग्रहको इतिहास’, ‘कमरेड जाने होइन’, ‘गोविन्दप्रसाद लोहनीका दार्शनिक रचनाहरू’लगायत भर्खरै मात्र ‘नेतृत्वको भोक र अन्य कथाहरू’ नामक पुस्तक प्रकाशित छन् । साथै राजनीति, अर्थतन्त्र, इतिहास, संस्कृति र साहित्यका एक हजारभन्दा बढी फुटकर रचनासमेत प्रकाशित छन् । स्व लोहनीका दुई छोरा र एक छोरी हुनुहुन्छ । 

उनि सन् १९५६ मा नेपाल राष्ट्र बैंकमा सेवा प्रारम्भ गरेर अनुसन्धान एवं अर्थशास्त्रका विशेषज्ञका रूपमा १९५९ देखि १९६४ सम्म कार्यरत थिए । सन् १९६४ देखि १९६६ सम्म तत्कालीन पञ्चायत मन्त्रालयमा सेक्रेटरी र भूमिसुधार मन्त्रालयमा सल्लाहकारसमेत रहेका उनी १९७२ देखि १९७८ सम्म राष्ट्रिय योजना आयोगका सदस्य तथा १९७८ देखि १९८३ सम्म पाकिस्तान, इरान र टर्कीका लागि नेपाली राजदूत थिए ।

शीर्ष समाचार

धेरै पढिएको