April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

नेकपा प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा बुधवार बसेको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो । अध्यक्ष प्रचण्डले ७० प्रतिशतको उपस्थितिमा केन्द्रीय समिति बैठक बसेपछि आफूहरू नै वैधानिक र ठूलो दल भएको बताएका छन् ।

प्रचण्ड–माधव समूहको मंगलवार बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष केपी ओलीलाई कारबाही गरेर संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको थियो ।

यसैबीच नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापित गरेर नयाँ सरकार बनाउने बताएका छन् । बुधवार प्रचण्ड–नेपाल समूहका सांसदहरूको बैठकमा उनले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको बताए ।

शीर्ष समाचार

धेरै पढिएको