March 7, 2021, Sunday
२०७७ फाल्गुन २४, सोमबार

बालुवाटारमा प्रधानमन्त्री ओली र सुरक्षा निकायका प्रमुखहरुबिच छलफल

  • 82
    Shares

काठमाडौं, प्रतिनिधिसभा विघटनपछि  प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखहरु बालुवाटारमा छलफल भैरहेको छ ।

ओलीले आइतबार साँझ नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरिक्षक शैलेस थापा क्षत्री, सशस्त्र प्रहरी बलका महानिरिक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख गणेश अधिकारीलाई बालुवाटारमा बोलाएर मुलुकको सुरक्षा चुनौतीको विषयमा छलफल गरेका हुन् ।


प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले अहिलेको सुरक्षा अवस्थाको बारेमा जानकारी लिनको लागि चारै सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटार बोलाएका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको