March 2, 2021, Tuesday
२०७७ फाल्गुन १८, मंगलवार

संसद विघटन हुनु अगावै ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

  • 14
    Shares

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छिन् । मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपतिले संसद विघटन गरेकी हुन् । तर, संसद विघटन अघि नै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको भएको पाइएको छ ।

नेकपाका ९० सांसदहरूले आइतबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेको खुलेको हो । बिहान मन्त्रिपरिषद्ले संसद विघटनको सिफारिस गर्ने निर्णय गरेसँगै नेकपा सांसदहरूले सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएको नेकपाका सचेतक देव गुरूङले बताएका छन् ।

संविधानको धारा १०० को उपधारा ४ बमोजिम संसदका एक चौथाइ सदस्यले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सक्ने व्यवस्था छ ।

शीर्ष समाचार

धेरै पढिएको