राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबिच भेटवार्ता

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबिच आज शितल निवासमा भेट भएको छ । दिउँसो पार्टीका शिर्ष नेता र मन्त्रीहरुसँग परामर्श गरेपछि ओली छलफलका लागि शितल निवास पुगेका हुन ।
सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला शनिबार साँझ राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबिच छलफल भएको हो ।
भेटमा पछिल्लो पटक विवादमा आएको संबैधानिक परिषद सम्बन्धी अध्यादेश र पार्टीभित्रको विवादमा सहमतिका लागि भएका प्रयत्नका विषयमा कुराकानी भएको बताइएको छ ।
पार्टी स्थायी समिति बैठकले अध्यादेश फिर्ता गर्न निर्देशन दिए पनि प्रधानमन्त्री ओलीले प्रक्रिया अघि बढाएका छैनन । उनले राष्ट्रपतिसँग परामर्श गरेर विधयेक फिर्ता लिने विषयमा कुरा गर्ने आश्वासन दिएका थिए । अध्यादेश विवादले सत्तारुढ नेकपाको विवाद थप चुलिएको छ ।
संविधान मिचेर सरकारले अध्यादेश सिफारिस गर्दा पनि राष्ट्रपति भण्डारीले अनुमोदन गरेको भन्दै आलोचना भैरहेको समयमा भेटवार्ता भएको हो ।
प्रतिकृया दिनुहोस्