March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

पेरिसडाँडामा प्रचण्ड र नेपाल समुहको भेला

  • 28
    Shares

काठमाडौं, सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रदेश १ अन्तर्गतका जिल्ला पदाधिकारीको भेला गरेको छ ।

जनवर्गीय संगठनको कार्यालय कोटेश्वर पेरिसडाँडामा जारी भेलालाई अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालले सम्बोधन गर्ने भेला निकट एक नेताले जानकारी दिएका छन् ।

भेलामा प्रदेश १ अन्तर्गत १४ जिल्लाका पदाधिकारीहरु र सोही प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु सहभागि छन् ।

सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने बुधबारको स्थायी कमिटी निर्णयको अर्कोदिन त्यही अध्यादेशको जगमा प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाएपछि दुई अध्यक्षबीच बिहीबार तनावपूर्ण संवाद भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको