January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

आज नेकपा स्थायी समिति बैठक बस्दै

  • 5
    Shares

काठमाडौं,सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बस्दैछ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सहमति जुटाउन भन्दै तीन दिन स्थगित बैठक आज बस्न लागेको हो । नेकपाभित्र जारी विवाद सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि झनै तनावपूर्ण बनेको छ ।

स्थायी समिति बैठकले प्रधानमन्त्रीले ल्याएको विधेयक फिर्ता गर्नुपर्ने विषयमा निर्णय गर्ने सम्भावना छ । मंगलबार नै बैठकमार्फत् सचिवालयका बहुमत सदस्यले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको