January 16, 2021, Saturday
२०७७ माघ ३, शनिबार

गणपूरक संख्या नपुगेपछि संवैधानिक परिषदको बैठक साँझसम्मका लागि स्थगित

  • 6
    Shares

काठमाडौं, गणपूरक संख्या नपुगेपछि संवैधानिक परिषदको बैठक स्थगित भएको छ । आज विहान बसेको बैठकमा सभामुख अग्नि सापकोटा अनुपस्थित भए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित भए । यसले ओलीलाई बल मात्र दिएको छैन देउवासँग भित्री सहमति पनि बनेको सन्देश प्रवाह भएको छ ।

बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि बैठकमा सहभागी भए । चार जना बैठकमा सहभागी भएपनि नियुक्तिको गणपुरक संख्या पुगेन । दुईपटक बैठक गणपुरक संख्या नपुगेपछि स्थगित भयो ।

आज साँझ फेरि परिषद बैठक डाकिएको छ । ओलीले पेलेरै जाने गरी तयारी गरेका छन् । उनले पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग भन्दा देउवासँग सहमति र भागवण्डा गरेर जान खोजेको देखिदैछ ।

शीर्ष समाचार

धेरै पढिएको