January 23, 2021, Saturday
२०७७ माघ १०, शनिबार

कम्युनिस्ट सरकारका कारण देशमा “राजा आउ, देश बचाउ” नारा लाग्यो: सभापति देउवा 

  • 1
    Share

काठमाडौं,  हटौंडामा सोमबार कांग्रेसको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिस्ट सरकारका कारण देशमा राजावादीहरु सक्रिय भएको बताएका छन् । उनले देशमा वर्तमान व्यवस्थाको विरुद्धमा राजावादीहरुको प्रदर्शनमा कम्युनिस्ट सरकार मुख्य जिम्मेवारी भएको बताएका हुन् । 

उनले भने,’ देशमा राजा आउ, देश बचाउ भनेका छन् । किन भनिरहेका छन् भन्दा कम्युनिस्ट सरकारका कारण । राजा फर्किने अवस्था छैन । कुनै पनि अवस्थामा यो सम्भव हुन्न ।’

उनले गणतन्त्रलाई ठीक पार्ने र लोकतन्त्रलाई संस्थागत गर्ने पार्टी कांग्रेस मात्रै भएको दाबी गरे । ‘यो व्यवस्थालाई अझ प्रजतान्त्रिक र व्यवस्थित बनाउने काम गरौं । नेपालको संविधानलाई सफल बनाउने हो,’ सभापति देउवाले भने,’गणतन्त्र स्थायी हो । सुधार गर्ने छौं । यो व्यवस्थाभन्दा राम्रो व्यवस्था अन्य कुनै छैन ।’

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले ओली सरकार र कम्युनिस्ट सरकारको गतिविधिका कारण जनता आजित भएको बताए । उनले कोरोना महामारीका बेला विरोधसभा गर्नु बाध्यात्मक कुरा भएको बताए । उनले भने,’ मान्छेलाई दुःख दिने र सडकमै आन्दोलन गर्ने हाम्रो उद्देश्य हैन । बाध्य भएर हो । कोरोनामा पनि घूस खाने भ्रष्टाचार गर्ने भएका छन् । ‘

कम्युनिस्ट सरकारले देशव्यापी रुपमा प्रजातन्त्रमाथि आक्रमण गरिरहेको सभापति देउवाको भनाइ छ । जनतालाई बोल्ने, लेख्ने, विरोध गर्ने अधिकार समेत खोस्न कम्युनिष्ट सरकार लागेको उनले बताए ।

शीर्ष समाचार

धेरै पढिएको