सुतेको बाघ कांग्रेसलाई नजिस्क्याउन प्रवक्ता विश्वप्रकाश शर्माको चेतावनी

मकवानपुर, नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्वप्रकाश शर्माले सुतेको कांग्रेसलाई नजिस्क्याउन सरकारलाई चेतावनी दिएका छन् । उनले कांग्रेसलाई जिस्क्याउनु भनेको सुतेको बाघलाई जिस्क्याउनुसरह भएको बताएका हुन् ।
हेटौंडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो सो कुरा बताएका हुन् । “सुतेको बाघलाई जिस्क्याउने काम नगर, त्यसैगरी कांग्रेसलाई पनि,” उनले भने, “महामारीका बेला सडकमा किन आउनुपर्यो रु हामीलाई पनि चाहना थिएन । सरकारले भनेको मानेर घरघरमै बसेकै थियौँ । सरकारलाई चुपचाप सघाएकै थियौँ । कांग्रेसको तर्फबाट ५० लाख लगेर सरकारलाई दिएकै हौँ । तर सरकार सच्चिएन ।”
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले देशैभर र्यालीसमेत निकालेका छन् ।
प्रतिकृया दिनुहोस्