शोक प्रस्ताव पारित गर्दै आगामी पुस १ गतेसम्मका नेकपा बैठक स्थगित

काठमाडौं, प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी समिति बैठक सकिएको छ । नेकपा नेता तथा पूर्वसांसद कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै नेकपा बैठक स्थगित गरिएको हो ।
लामाको निधनमा शोक प्रस्ताव गर्दै बैठक आगामी पुस १ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएका हुन् । आइतबार बसेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी रहे ।
गत मंसिर २१ गते सुरु भएको स्थायी समिति बैठकको पहिलो दिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली अनुपस्थित भएका थिए । ओली सहभागी हुने भएरै आजको बैठक धुम्बाराहीबाट बालुवाटार सारिएको बताइएको छ ।
प्रतिकृया दिनुहोस्