January 17, 2021, Sunday
२०७७ माघ ५, सोमबार

लामाको निधनमा शोक प्रस्ताव पारित गरेपछि नेकपा बैठक स्थगित हुने

  • 9
    Shares

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ ।

गत मंसिर २१ मा पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा शुरु भएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । आज दिउँसो १ बजे बोलाइएको बैठकमा शोक प्रस्ताव पेश हुनेछ ।

नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित गर्ने कार्यसूची रहेको जनाइएको छ ।

पूर्वसांसद लामाको गत मंसिर २४ गते राति कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको थियो । बैठकको अर्को मिति भने शोक प्रस्ताव पारित भएपछि तय हुनेछ ।

पार्टीका एक नेताका अनुसार, शोक प्रस्ताव पारित भएपछि बैठक नियमित कार्यसूची तर्फ अघि नबढाउने प्रचलन छ । संसद र पार्टी कमिटीहरुमा हुँदै आएको प्रचलनअनुसार, आजको बैठक शोक प्रस्ताव पारित भएसँगै स्थगित हुनेछ ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सचिवालय बैठकमा आरोप–प्रत्यारोप पत्रको दोहोरी नै चलेपछि पार्टी विवाद स्थायी कमिटीमा पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको