April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण

काठमाडौं, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार गरिएको परीक्षणमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको सिटौलाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । संक्रमण भए पनि आफ्नो स्वास्थ्य सामान्य रहेको उनले बताएका छन् ।

सिटौलाले आफ्नो सम्पर्कमा रहेकालाई परीक्षण गर्न र सावधानी अपनाउन आग्रह गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको