
काठमाडौं, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
शुक्रबार गरिएको परीक्षणमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको सिटौलाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । संक्रमण भए पनि आफ्नो स्वास्थ्य सामान्य रहेको उनले बताएका छन् ।
सिटौलाले आफ्नो सम्पर्कमा रहेकालाई परीक्षण गर्न र सावधानी अपनाउन आग्रह गरेका छन् ।






