January 17, 2021, Sunday
२०७७ माघ ४, आईतवार

लोकतान्त्रिक र परिवर्तनकारी दललाई एकजुट हुन प्रधानमन्त्री ओलीको आग्रह

  • 2
    Shares

काठमाडौं, प्रधानमन्त्री केपि शर्मा ओलीले जनताको लामो त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सम्पूर्ण लोकतान्त्रिक र परिवर्तनकारी दललाई एकजुट हुन आह्वान गरेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प सोच्न पनि नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले गणतन्त्रमाथि हुने कुनै पनि प्रहार सह्य नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार बालुवाटारमा सर्वदलीय बैठक आह्वान गर्दै संघीय शासन प्रणालीको रक्षाका लागि सबै दल मिल्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।

पछिल्ला दिनमा संघीय शासन प्रणालीलाई नै चुनौती दिने गरी मुलुकमा राजावादीको सक्रियता बढिरहेको अवस्थामा प्रधानमन्त्री ओलीले शासन व्यवस्थामाथि चुनौती दिने शक्तिलाई प्रश्रय दिन नहुने र उनीहरूविरुद्ध कसरी एकजुट भएर अघि बढ्न सकिन्छ भन्ने बारेमा प्रमुख राजनीतिक दलका नेतासँग सर्वदलीय बैठकमार्फत छलफल गरी निकास निकाल्ने प्रयास गरेका हुन् ।

बैठकमा प्रधानमन्त्रीले कोभिडविरुद्धको रोकथाम, लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, संविधानविरोधी गतिविधिलगायतका विषयमा गम्भीर छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले राजनीतिक दलका प्रतिनिधिले उठाएका विभिन्न विषयमा सरकार संवेदनशील रहेको र सबैजना सकारात्मक सोचका साथ अघि बढ्ने हो भने धेरै समस्या समाधान गर्न सकिने बताएका थिए । प्रधानमन्त्री ओलीले मुलुकको सम्मानित संस्थामाथि अनाहकमा लाञ्छना लगाई ती महŒवपूर्ण संस्थालाई कमजोर बनाउन नहुने स्पष्ट पारेका थिए ।

बैठकमा विभिन्न दलका नेताले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सबै जना एकजुट हुन आवश्यक रहे पनि त्यससम्बन्धी उपयुक्त वातावरण भने सरकारले नै सिर्जना गर्नुपर्ने आवश्यकता आंैल्याएका थिए । उनीहरूले प्रधानमन्त्रीसमक्ष सरकारले प्रभावकारी रूपमा जनताको चाहनाअनुसार काम गर्न नसक्दा नै सडकमा विभिन्न खाले असन्तुष्टि बढ्न पुगेको बताएका थिए । उनीहरूले प्रधानमन्त्रीसमक्ष आ–आफ्ना मुद्दा समेत उठाएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको