April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

सर्वदलीय बैठक आज ११ बजे बालुवाटारमा बस्ने

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् ।

समसामयिक राजनीतिक विषयमा छलफलका लागि राजनीतिक दलहरुको बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।

पछिल्लो समय मुलुकमा राजस्वादीहरुको प्रदर्शन बढिरहेका बेला प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन् । केही सातायता काठमाडौं उपत्यकासहित झापा, पोखरालगायतका क्षेत्रमा राजावादीले प्रदर्शन गरिरहेका छन् ।

सडकमा भइरहेको प्रदर्शनलाई संकेत गर्दै संघीयता, धर्मरिनपेक्षता र गणतन्त्रको पक्षमा एकजुट भएको सन्देश दिन र जनतालाई कुनै पनि भ्रममा नपर्न आग्रह गर्ने उद्देश्यले बैठकको आयोजना गरिएको हुनसक्ने एक नेताले बताए ।

प्रदर्शनमा राप्रपाले आफ्नो समर्थन रहेको बताए पनि अन्य विभिन्न राजवादी समूहहरूको प्रदर्शनमा संलग्नता देखिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको