नेकपा स्थायी कमिटी बैठक मंसिर २८ सम्मलाई स्थगित

काठमाडौं, सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक एक हप्तासम्मलाई स्थगित भएको छ । आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको बैठक मंसिर २८ सम्मलाई स्थगित भएको हो ।
बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालका प्रस्ताव पेश भएको थियो । उक्त प्रस्ताव अध्ययनका लागि भन्दै बैठक २८ गते सम्मलाई स्थगित भएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताएका छन् ।
बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली सहभागि भएका थिएनन् । तर, ओलीले बैठकलाई सम्बोधन गर्दै पत्र पठाएको पौडेलले बताए । उक्त पत्रलाई सचिवालय सदस्य ईश्वर पोखरेलले बैठकमा पढेर सुनाएका थिए ।
प्रतिकृया दिनुहोस्