April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

नेकपा स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ ।

पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बोलाइएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका आ-आफ्ना राजनीतिक प्रस्तावमाथि छलफल हुनेछ ।

विधान विपरीतको प्रस्ताव ल्याएर दाहालले ‘पार्टी विभाजनको अनौपचारिक घोषणा’ गरेको आरोप लगाउँदै आएका ओलीले कार्यसूची नै तय नगरी बलजफ्ती बैठक डाकिएको भन्दै सहभागी नहुने संकेत दिइसकेका छन् ।

पार्टी एकता हुँदा एकताको महाधिवेशनसम्म दुई अध्यक्षबीच सहमतिमा अघि बढ्ने २०७५ जेठ २ गतेको समझदारी तोडिएको भन्दै ओली असन्तुष्ट छन् । दाहाल-नेपाल पक्षले भने पार्टी अनिर्णयको बन्दी बन्दा बहुमतले निर्णय गर्न सकिने नेकपाको अन्तरिम विधानको धारा ६० को व्यवस्था बमोजिम अघि बढेको बताएका छन् ।

एकताको महाधिवेशन घोषित मितिको करिब ४ महिनाअघिबाट बहुमत अल्पमतको खेलमा प्रवेश गरेपछि नेकपाको संकट अझ गहिरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको