January 17, 2021, Sunday
२०७७ माघ ५, सोमबार

नेकपाले जनताका बारेमा कहिल्यै छलफल नै गरेको छैन: कांग्रेस नेता खतिवडा

  • 22
    Shares
File photo

काठमाडौं, नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले सरकार र नेकपाले जनताका बारेमा कहिल्यै छलफल नगरेको आरोप लगाएका छन् ।

आफ्नै स्वार्थमा मात्रै छलफल र झैझगडा भएको तर जनताको बारेमा कुनै चिन्तन मनन र छलफल नभएको उनले टिप्पणी गरेका हुन् ।

“देशमा अहिले सरकार छ जस्तो नै छैन, सरकार र नेकपाका नेताहरु आफ्नै बारेमा मात्रै लुछाचुडी गरिरहेका छन्,” नेता खतिवडाले भने । आज बिहानको नेपाली बहस कार्यक्रममा उनले प्रधानमन्त्री ओली प्रधानमन्त्री निवास र शितल निवास बाहेक अन्यत्र जान नसक्ने अवस्थामा पुगेको टिप्पणी गरे ।

असुरक्षाका कारण बालुवाटारबाट आफ्नै पार्टी कार्यालय जान पनि नसक्ने अवस्थामा पुग्नुले नै प्रधानमन्त्री ओलीको अवस्था झल्काउने नेता खतिवडाको तर्क छ ।

काँग्रेसको बारेमा सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, “काँग्रेसमा अव गुटभन्दा जुटको राजनीति अत्यावश्यक भइसकेको छ, एउटानेतालाई अपमान गरेर अर्कालाई माथी उठाउने प्रबृत्तिले कहिल्यै कसैलाई हित गर्दैन ।”

शीर्ष समाचार

धेरै पढिएको