September 23, 2021, Thursday
२०७८ आश्विन ७, बिहीबार

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै, तनहुँ घटनाबारे छलफल गर्ने

काठमाडौं, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुव्र्यवहार र गिरफ्तारीको विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी आकस्मिक बैठक आज दिउँसो बोलाएका हुन ।

बुढानीलकण्ठस्थित देउवानिवासमा दिउँसो हुने बैठकमा तनहुँ घटनाको समीक्षा गर्दै सरकारको कार्यशैलीका विषयमा कुराकानी हुने नेताहरुले बताएका छन ।

कोरोना भाइरस संक्रमण नियन्त्रणमा सरकारको काम प्रभावकारी नभएको भन्दै कांग्रेसले त्यसवारे पनि आवाज उठाउने तयारी गरेको छ । कांग्रेसले सरकार विरुद्ध आन्दोलन गर्ने तयारी पनि गरेको छ ।

तनहुँको व्यासस्थित बुल्दी खोला पुल उदघाटन गर्न गएका नेता पौडेललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरी तीन घन्टा नियन्त्रणमा राखेको थियो ।