January 15, 2021, Friday
२०७७ माघ ३, शनिबार

राष्ट्रपति भण्डारीसँग नेकपा दुई अध्यक्षको छुट्टाछुट्टै भेटवार्ता

  • 13
    Shares

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै भेटवार्ता भएको छ ।

राष्ट्रपति निवास शीतल निवासमा भएको भेटलाई नियमित भेट भनिएको छ । प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न दिउँसो शीतल निवास पुगेका थिए ।

“राष्ट्रपतिसँग प्रधानमन्त्रीको नियमित भेटघाट हो, अरु विषयमा छलफल भएको होइन” प्रेस विज्ञ बजगाईले भने । राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच एक घण्टा बढी समय छलफल भएको थियो ।

त्यस्तै, नेकपाका अर्का अध्यक्ष प्रचण्ड साँझ साढे ६ बजेतिर राष्ट्रपति भण्डारीलाई भेटन शीतल निवास पुगेका थिए । उनीहरुबीच पनि करिब एक घण्टा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी गराएको छ ।

छलफल के विषयमा भएकोबारे भने जानकारी नगराइएको सचिवालयका सदस्यहरुले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको