
काठमाडौं, कांग्रेस शीर्ष नेताको बैठक आज बस्ने भएको छ। सोमबार बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि बैठक आज पुनः बस्न लागेको हो ।
सांसद सूर्यबहादुर केसीको निधनले मंगलबार बोलाइएको बैठक स्थगित भएको थियो । आज बस्ने बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बुझाएको विरोध पत्रमा छलफल हुने छ ।
वरिष्ठ नेता पौडेल पक्षले असोज १२ मा सभापति शेरबहादुर देउवाले गरेका निर्णय विधानविपरीत रहेको भन्दै विरोध पत्र बुझाएको थियो ।
देउवा पक्ष विगतका निर्णय विधानमा टेकेर भएको दाबी गर्दै निर्णय नसच्याउने पक्षमा छ । सोमबारको बैठकमा उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काले विगतका निर्णय विधानको अधीनमा रहेर भएको प्रस्ट्याएका थिए। निधि र खड्काको जवाफले पौडेल पक्ष सन्तुष्ट हुन् सकेको छैन ।






