November 29, 2020, Sunday
२०७७ मंसिर १५, सोमबार

कांग्रेसको आज बस्ने बैठकमा संसद् अधिवेशनबारे छलफल हुने

  • 3
    Shares

काठमाडौं, प्रमुख प्रतिपक्षी कांग्रेसको सोमबार बस्ने अनौपचारिक बैठकमा संसद् अधिवेशन बोलाउने विषयमा छलफल हुने भएको छ ।


सरकारले तत्काल संसद् अधिवेशन नडाके कांग्रेसको अगुवाइमा संसद् अधिवेशनका लागि समावेदन गरिने कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले बताएका छन् । ‘संसद् अधिवेशन बोलाउने विषयमा कांग्रेसमा विमति नभएकाले केन्द्रीय कार्यसमितिको बैठक कुर्नुपर्ने अवस्था छैन ।

सोमबारको अनौपचारिक बैठकमा एउटा निर्णयमा पुग्न सकिन्छ,’ उनले भने, ‘सरकारले डाके समावेदन आवश्यक पनि परेन । नडाकेर तन्काउन खोजियो भने बाध्य भएर समावेदनको बाटो लिनुपर्ने हुन्छ ।’

यसअघिको अनौपचारिक बैठकले संसद् अधिवेशन बोलाउने निर्णय कांग्रेसले गरेको थियो । असोज १९ गते केन्द्रीय कार्यसमितिको बैठकमा निर्णय गरेर संसदीय दललाई प्रक्रियाका लागि निर्देशन दिने तयारी थियो ।

शीर्ष समाचार

धेरै पढिएको