
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको बैठक स्थगित भएको छ । नेकपाको केन्द्रीय कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै मंसिर १५ गतेका लागि बैठक सारिएको जनाएको हो ।
कोरोनाको बढ्दो जोखिमलाई ध्यानमा राख्दै बैठक एक महिनापछि सारिएको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजाल र श्रीराम ढकालद्वारा जारी विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।
यसअघि नेकपाको केन्द्रीय कमिटीको बैठक कात्तिक १५ देखि १७ गतेसम्म गर्ने तय भएको थियो ।






