सञ्चारकर्मी सविना कार्कीको तीज आफ्नै निवासमा : फाेटाे फिचर

यसपालिको तिज त्यति साराे रमझम र चहलपहल भने छैन । सदाझै काठमाडौंका सडकहरु लगायत देशभरका शिव मन्दिर महिलाको पहिरनले तीजको बेला राताम्मेहुने गर्थे । निकै चहलपहल बढ्ने गर्थ्यो ।

तीज भन्दा केही अघिल्लो दिन देखि साथिभाई नातागाेता आफन्तकाेमा गएर खादै रमाइलो गर्ने समय पनि याे वर्ष महिला दिदिबहिनीहरुले खासै पाउन सकेन । याे पर्वमा अधिकांश महिला दिदीबहिनीहरु निर्जल व्रत बसि शिव मन्दिरमा पुजाआज गर्न जाने गर्छन् र दिनभर नाचगान गरि रमाउने चलन रहि आएकाे छ ।

काेराेना भाइरसकाे काेरण तीज जस्तो महिलाकाे महान चाडलाई ठूलो असर गरिदियाे । आगामी चाडपर्वलाई पनि असर गर्ने सम्भावना भने धेरै देखिएकाे छ । काेराेना भाइरसबाट बच्नुपर्ने र सुरक्षित उपायहरू अपनाउनु पर्ने भन्दै सञ्चारकर्मी सविना कार्कीले पनि आफ्नै निवासमा तीज मनाएकी छिन् ।

साथिभाईले तीज मनाउन र रमाइलो गर्न बाेलाए पनि काेराेना बाट बच्नु पर्ने र बचाउनु पर्ने भन्दै साथिहरुलाई बरु सजक रहन अाग्रह गरेकाे कार्कीको भनाइ छ । सञ्चारकर्मी कार्कीले दिनभर निर्जल व्रत बसि आफ्नै निवास आसफास फाेटाे खिच्दै रमाएकाे उनी बताउछिन् । प्रतेक वर्षको तिजमा सञ्चारकर्मी कार्की निर्जल व्रत बस्ने गरेकी छन् ।