January 24, 2022, Monday
२०७८ माघ १०, सोमबार

विवाह पहिले थाहापाउनुपर्ने महत्वपूर्ण कुराहरू

मागी विवाह होस् वा प्रेम विवाह, भनिन्छ जोडि स्वर्गमा नै बन्ने गर्दछ र यदि तपाईंकी आमा तपाईंको जीवनको यो नयाँ मोडमा तपाईंको मार्गनिर्देशक बन्नु हुन्छ भने तपाईंको जीवन निकै सजिलो हुनेछ ।

तपाईंको आमाको सहि मार्गनिर्देशनले तपाईंको श्रीमान् र सासू खुसी हुने छन् । यहाँ विवाहसँग जोडिएका त्यस्ता गोप्य कुराको बारेमा बताइएको छ जसलाई प्रत्येक आमाले आफ्नी छोरीसँग बाँड्न आवश्यक छ

१. कुनै पनि सम्बन्धमा सकारात्मक तरिकाले प्रवेश गर्नुहोस् र त्यसलाई निरन्तरता दिनुहोस्
स्नेह, निस्वार्थता र कृतज्ञतालाई आफ्नो गहना बनाएर नयाँ सम्बनधमा प्रवेश गर्नुपर्ने कुरा विवाह हुन लागेकी छोरीलाई आफ्नी आमाले सिकाउन आवश्यक छ । यदि यस्तो गुण तपाईंमा छैन भने अब तपाईंले आफ्नो नयाँ कदममा पुनर्विचार गर्नुपर्ने हुन्छ । एक्लै हुने डर अथवा कुनै सामाजिक दबाबको कारण कसैको सम्बन्धमा रहनु ठिक होइन । नयाँ सम्बन्धलाई वास्तविक मायासँगै स्विकार गर्नुपर्ने हुन्छ ।

२. प्रेमको परिक्षण नगर्नुहोस्
यदि तपाईं कसैलाई माया गर्नुहुन्छ भने त्यसलाई पुष्टि गर्नको लागि उनलाई आगोसँग खेल्न आदेश दिनुहुन्छ ? कसैको प्रेमको परिक्षा लिनु भनेको आगोसँग खेल्नु बराबर हो । एक प्रकारले यो कसैको डर र असुरक्षाको प्रतिक हो । छोरीहरुलाई आफूमाथि, आफ्ना श्रीमानमाथि र आफ्ना सम्बन्धमाथि बिना कुनै शर्त विश्वास राख्नुपर्ने शिक्षा दिन आवश्यक छ ।

यसले उनी एक स्वच्छ सम्बन्ध बिस्तारको लागि तयार हुनेछिन् । आफ्नो जिन्दगी, कोही अर्को व्यक्तिसँग बाँड्ने सोच थोरै डराउने किसिमको हुन्छ तर के यो जीवनको यात्रामा पाइने पुरस्कार होइन ?

३. प्रेमलाई भित्रैबाट प्रष्फुटित हुन दिनुहोस्
तपाईं अरुलाई त्यतिबेलासम्म माया र सम्मान दिन सक्नुहुन्न जबसम्म तपाईं स्वयंलाई माया र सम्मान दिनुहुन्न । विवाहपछि तपाईं आफ्ना सासू–ससूरासँग एउटा नयाँ घरमा बस्नुहुन्छ तर उनीहरुसँगको तपाईंको सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ । तपाईंले केहि कुराहरु आफ्नो लागि नभई आफ्नो परिवारका लागि पनि गर्नुपर्ने हुन्छ ।

कहिलेकाँही आफूलाई कम महत्व दिएर उनीहरुलाई बढि महत्व दिनुपर्ने हुन्छ । चिन्ता नगर्नुहोस्, यदि तपाईंको मनैदेखि उनीहरुप्रति प्रेम जागृत भइरहेको छ भने उनीहरुको जीवनमा वसन्त ल्याउन तपाईंलाई कसैले रोक्न सक्दैन ।

शीर्ष समाचार

धेरै पढिएको