November 29, 2021, Monday
२०७८ मंसिर १४, मंगलवार

यसरी फलफुललाई लामो समयसम्म ताजा राख्न सकिन्छ

काठमाडौं, ताजा फलफूल खानु स्वास्थ्यलाई लागि अत्यावश्यक तथा फाइदाजनक कुरा हो । यद्यपि फल काटेर त्यत्तिकै राख्दा बिग्रने र सेवन गर्दा स्वास्थ्यका लागि उल्टै घातक साबित हुन्छ । यसर्थ फललाई लामो समय ताजा राख्न निम्न घरेलु विधि अपनाउन सकिन्छ ।

१) कागतीको रस
कागतीको रसले फललाई खैरो अर्थात् बिग्रन दिँदैन र ताजा राख्छ । फल काटेपछि तत्काल नखाने हो भने त्यसमा हल्का कागतीको रस दल्ने र त्यत्तिकै छोडिदिनुपर्छ । यसो गर्दा फलको रंग परिवर्तन हुँदैन ।

२) प्लास्टिक
फल काटेपछि एउटा कचौरामा राख्ने र कचौरालाई प्लास्टिकमा बेर्नुस् ।

३) फ्रिज
फलफुल तथा तरकारीलाई फ्रिजमा छोपेर राखेमा  ताजा बस्छ । फलफुल छोप्न किन लगाएको भने यसो गर्दा फ्रिजका अन्य खाद्य पदार्थको गन्ध फलमा सर्दैन अनि आफ्नो गन्ध पनि अरूमा सार्दैन ।

४) एल्युमिनम पेपर
एल्युमिनम पेपरमा फललाई बेरेर पेपरमा साना प्वाल बनाउनुहोस् । यसले पनि फललाई ताजा राख्न मद्दत गर्छ ।

शीर्ष समाचार

धेरै पढिएको