May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

शरीर स्वस्थ राख्न छुटाउन नहुने यी फलफुल

  • 8
    Shares

काठमाडौं, शरीरलाई स्वस्थ तथा तन्दुरुस्त राख्नका लागि खानपानमा विशेष ध्यान दिन जरुरी छ । हामीले  खानपानमा ध्यान नदिँदा धेरै नै हानी पर्दछ । दैनिक जीवनमा केकस्ता खानेकुरा सेवन गर्छौं, त्यसमा नै हाम्राे स्वास्थ अवस्था निर्भर हुन्छ ।

स्वस्थ जीवनयापनका लागि आवश्यक पर्ने  फलफूलबारे तल चर्चा गरिएको छ । 


ब्रोकाउली

यसमा बीटा क्यारोटीन र आइसोथियोसायनेट नामक पोषक तत्व पाइन्छ । यसकारण ब्रोकाउलीले क्यान्सर रोकथाममा सहयोग गर्दछ । यस्तै यसले एन्टीएजींगको प्रक्रियामा समेत सहयोग गर्दछ । त्यसकारण खानामा ब्रोकाउलीको प्रयोग गर्नु निकै नै फाइदाजनक हुन्छ ।  

कागती

भिटामिन सी युक्त फलफूलले शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउने काम गर्छ । विभिन्न एलर्जीबाट बचाउनका लागि पनि भिटामिन सी युक्त फलफूल आवश्यक पर्छ ।

भिटामिन सी पाइने फलफूलहरुमा सुन्तला, निबुवा, कागती लगायत पर्दछन् । यीनीहरुमा कायोफ्लेवोनाइड र लाइमोनीन समेत पाइन्छ । एन्टीअक्सीडेन्ट्सको उपस्थितीका कारण यी फलफूलहरुले क्यान्सर उत्पन्न गर्ने तत्वसँग लड्ने क्षमता समेत प्रदान गर्छ ।

अनार

एनीमिया अर्थात शरीरमा रगतको कमी कमी हुँदा रगतमा हेमोग्लोबिनको मात्रा बढाउन अनार महत्वपूर्ण हुन्छ । यसको सेवनले  छाला समेत स्वस्थ रहन्छ । यसमा पाइने सुक्ष्म पोषक तत्वले शरीरको भित्री अंग समेत बलियो बनाउन सहयोग गर्छ । 

गेडागुडी

बुढ्यौलीपनलाई हटाउनका निम्ति अंकुराएको गेडागुडी खानु लाभदायक हुन्छ । यसको सेवनले रोग प्रतिरोधक क्षमतामा वृद्धि हुन्छ । त्यस्तै, धेरै रोगहरुबाट बचाउन यसले सहयोग गर्छ । अंकुराउँदै गरेको गेडागुडीको सेवनले छाला समेत बलियो तथा कसिलो बनाउँछ । 

जौ

जौमा पर्याप्त मात्रामा फाइबर पाइन्छ । यसकारण मानिसमा कब्जियतको समस्या हटाउनका लागि यो अत्यन्तै लाभदायक हुन्छ । साथै यसले पाचन प्रणाली समेत सक्रिय बनाउँछ । यसमा बीटाग्लूकेन्स हुने हुनाले कोलेस्ट्रोलको मात्रा घटाउनका लागि पनि यो महत्वपूर्ण हुन्छ ।

ओखर तथा बदाम

सको सेवनले स्थास्थ्य तन्दुरुस्त हुनुका साथै सुन्दरतामा पनि वृद्धि गर्छ । यसमा हुने भिटामिन ई टोकोफेरलको रुपमा पाइन्छ, जुन मुटुका लागि अत्यन्तै लाभकर हुन्छ । यस्तै, बदामको सेवनले पनि मस्तिस्कको क्षमता बढाउन मद्दत गर्छ । आँखाको प्रकाश बढाउनका लागि पनि यो निकै लाभकर हुन्छ । बदाममा भिटामिन बी, भिटामिन ई, पाइन्छ ।एजेन्सी
 

शीर्ष समाचार

धेरै पढिएको