April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

बोलीको मधुरता र विनम्रताले पनि मानिसलाई बनाउँछ महान

  • 12
    Shares

काठमाडौं, चाणक्यको नीतिअनुसार व्यक्तिको बोली अर्थात् बोल्ने प्रकृतिले उसको सफलतामा ठूलो योगदान पुर्‍याउँछ । कतिपय व्यक्ति योग्य र प्रतिभाशाली भए पनि सफलता र सम्मान भने प्राप्त गर्न सक्दैनन् । जसको पछाडि व्यक्तिको प्रकृति र बोलीको महत्त्वपूर्ण भूमिका हुन्छ ।

गीताको सारले पनि भनेको छ, व्यक्तिले आफ्नो बोलीको मिठास छोड्नुहुँदैन । जब व्यक्तिमा नम्रता हुन्छ, तब सबैजना त्यस्तो व्यक्तिलाई मन पराउँछन भने ती व्यक्तिसँग नजिकन पनि चाहन्छन् ।

भगवान श्रीकृष्णले अर्जुनलाई मान्छेको उच्च गुणहरुबारे बताउनुभएको थियो । बोलीको मिठास र नम्रतालाई एक व्यक्तिको सबै भन्दा राम्रो गुण मानिन्छ । यी गुणहरू अपनाउने व्यक्ति सबैलाई प्रिय मानिन्छ । त्यस्ता व्यक्तिहरूले समाजमा धेरै सम्मान पनि पाउँने गर्छन् ।

बोलीको मीठोपनले सबैलाई आकर्षित गर्दछ

चाणक्यका अनुसार व्यक्तिले सँधै मीठो बोली बोल्नु पर्दछ । कुनै व्यक्तिको जति मीठा भाषा हुन्छ उसले त्यति नै लोकप्रियता पाउछ । आजको युगमा, मानिसहरूले आफुलाई चिनोस र सम्मान दिओस
भन्ने प्रत्येक व्यक्तिको इच्छा हो । तर यी सबै त्यहि सजिलो कार्य होइन । यसका लागि राम्रो विचारहरू आत्मसात गर्नुपर्दछ । जब एक व्यक्तिमा यो गुणको विकास हुन्छ तब मात्र ज्ञानको महत्त्व बुझ्नुपर्दछ ।

विनम्रता एक महान गुण

विद्वानहरूका अनुसार नम्रताले सबैलाई प्रभाव पार्छ । नम्रता ज्ञान र मानबाट विकास हुन्छ । जब एक व्यक्तिले आफ्नो ज्ञानलाई अनुभवको परिक्षणमा राख्छ, तब उसले संसारलाई बुझ्नको लागि सोच विकास गर्दछ ।

शीर्ष समाचार

धेरै पढिएको