
प्रेम मानव जीवनको भावनात्मक शब्द हो । तर, यसलाई परिभाषित गर्न असम्भव छ । प्रेमलाई शब्दमा परिभाषित गर्न उचित पनि हुँदैन् ।जसरी हामीले हावामा उडिरहेको फुलहरुको सुगन्ध देख्न सक्दैनौं तर अनुभव गर्न सक्छौं । त्यस्तै प्रेम पनि एक भावना हो ।
प्रेम विभिन्न मानिस, फरक उमेर र विभिन्न सम्बन्धको लागि फरक हुन सक्छ ।बच्चा जब आफ्नो आमाको गर्भबाट बाहिर आउँछ ।उसको लागि प्रेमको अर्थ आमा हुन्छ । एक प्रेमीको लागि उसको प्रेमिका हुन्छ । उदाहरणको लगि मुना–मदन आदि ।प्रेम अनमोल हुन्छ । तर, निःशुल्क पाइन्छ । तपाईले तय गर्न सक्नुहुन्न, प्रेम कहिले, कहाँ र कति बेला हुन्छ ।
प्रेम न त बेच्न सकिन्छ न किन्न । कसैले पनि कसैलाई प्रेम गर्न बाध्य पार्न सकिदैन् ।प्रेम एक सर्वशक्तिशाली अनुभुति हो । आफ्नो भावना प्रकट गर्नको लागि यसको उपयोग या दुरुपयोग पनि गर्न सक्छन् ।
जब हामी प्रेम गर्छौं, त्यतिबेला आफूलाई राम्रो देखाउन कोसिश गर्छौं । जब आफूलाई राम्रो देखाउन खोज्छौँ, त्यतिबेला हामी वरिपरिको परिवेश आफसेआफ राम्रो भइदिन्छ । त्यसैले हामीले सबैसँग प्रेम गरौ चाहे उ शत्रु किन नहोस् ।







