
सुशील कोईराला सरकारका उप-प्रधानमन्त्री तथा गृय मन्त्री बामदेब गौतमले त्यो बेला राम्रो काम गरी रहेका काठमाँडौका तत्कालीन प्रहरी प्रमुख रमेस खरेलको सरुवा गर्दिएका कारण काठमाँडौका जनता बामदेब संग निकै रुस्ट थिए । फलस्वरूप काठमाँडौमा भएको उप-चुनावमा तत्कालीन एमालेले चुनाव समेत हारेको थियो, (कांग्रेसले जीतेको थियो)। यस्तो अलोकप्रिय र जनभावना विपरीत काम गरे पछी बामदेबले चुनाव हारेका हुन । कीन भने बामदेबको त्यो बेला सामाजिक संजालमा निकै चर्को आलोचना भएको थियो । तर सामाजिक संजाललाई उनले खासै वास्ता गरेनन । त्यो बेला बामदेबले आफ्नो पावर देखाए, तर चुनावमा जनताले पनी आफ्नो पावर देखाइ दिए । किन भने बामदेबका निर्वाचन क्षेत्रका जनता काठमाँडौमा पनी बस्छन, अनी बामदेबले देशका लागी के राम्रो काम गरे अनी के नराम्रो गरे त्यसको असर र मूल्यांकन चुनावमा हुन्छ नै ।
त्यसैले यही हरकतका कारण अहिले सम्म पनी बामदेबलाई रोएर हीडनु परेको छ । कीन भने बामदेब चुनाव हारेका कारण अहिले मन्त्री हुन पाएका छैनन, नत्र अहीले ऊनी उप-प्रधानमन्त्री, यवंम रक्षा तथा गृयमन्त्री भैरहेका हुने थिए । त्यसैले अभिलंब र बिना सर्त कुलमान घिसिंगको म्याद थपीयोस । नत्र जनभावना विपरीत काम गरे केपी ओलीको पनी बामदेबको जस्तै हालत अवश्य हुनेछ । अनी ज़िन्दगीमा चुनाव जितौला भनेर नसोचे पनी हुन्छ ।
अहिले समयमा कुलमानको म्याद नथप्नुको कारण एदी कुलमानको म्याद थपिएन भने सामाजिक संजालको दवाब झेल्न र थेग्न सकिन्छ की सकिन्न भनेर हेर्नलाई हो, अर्थात दुई चार दीन गुज़ारेर सम्भावित बिरोध हेर्नलाई हो, तर खुरापाते तरिकाले जनभावना विरुद्ध काम गरेपछी ओलीको पनी बामदेबको जस्तो हालत अवश्य हुनेछ, ऊनी जुनै निर्वाचन क्षेत्र बाट उठे पनी चुनाव हार्ने छन । त्यसैले प्रधानमन्त्रीले जनमतको कदर गरेर कुलमानको पुन नियुक्ति गर्नुको कुनै विकल्प छैन । एदी कुलमानको नियुक्ति भएन भने सरकार भ्रस्ट र देश द्रोहीहरूको चंगुलमा फस्यो भन्ने अर्थ लाग्नेछ । यस बाट सरकार बदनाम त हुन्छ नै, साथै अब आऊने चुनावमा सरकारबाट बाहिरीनु पर्ने स्थिति समेत अवश्य आऊने छ । किन भने जनता अब गफ र झूटो आस्वासन पत्त्याउने वाला छैनन । विगतका कर्तुत हेरेर भोट हाल्ने छन । दुई तिहाई सरकार अर्को चुनावमा एक तिहाईमा नपुग्ला भन्न सकिन्न ।
केशव स्थापितले म काठमाँडौको मेयर बनेर काम गरेर देखाऊँछु भन्दा भन्दै ओलीले केसब स्थापितको ठाउमा विध्या सुन्दर साक्यलाई टिकट दिए । त्यसैले आज अर्बौको विकाश निर्माण हुनु पर्ने ठाऊमा विकासले हावा खायो । संसारलाई थाहा छ विध्या सुन्दर सिन्को नभाँची बसिरहेका छन । त्यहि नियति बिधुत प्राधिकरणमा नहोस भन्ने जन चाहना हो । ऊर्जा मन्त्रालयले नियुक्तिको फ़ाइल अवश्य तयार पारेको होला, अर्क़ाले तयार पारेको फ़ाइलमा सहि गर्न समेत प्रधानमन्त्रीलाई समय छैन ? कुलमानको म्याद थप गर्न आखीर कीन यत्रो गाह्रो ? जाबो नियुक्ति पनी समयमा दिन नसक्नु भनेको नालायक सरकार जस्तो भएन र ? जाबो अर्काले ठिक पार्देको कागजमा सहि गरेर म्याद थप्न त मिति गुजार्ने सरकारले विकाश निर्माण समयमा सक्ला भनेर कल्पना नगरौ, प्रमको कार्य कुसलता र क्षमता स्पष्ट संग देखियो ।
नेपाल एरलाइन्स, नेपाल आएल निगम, केयुकेयल, नेपाल टेलीकम लगाएत हरेक सरकारी सस्थानमा कुलमान जस्तै परिणाम मुखी काम निकाल्ने ईमान्दार व्यक्ति चाहियो, नत्र म काम गर्न नसक्नेलाई हटाऊँछु भनेर प्रधानमन्त्रीले उदाहरण सेट गर्नु पर्ने ठाऊमा कुलमान कै म्याद थप्न यत्रो गाह्रो ? वा जन निर्वाचित प्रधानमन्त्री ज्यु ! वाइड बडी भ्रष्टचारिलाई कारबाही भएन सहयौ, ३३किलो सुन काण्डमा कारबाही भएन सहयौ, १८ घण्टा लोडसेडिंग गरेर बत्ती लुकाई बेच्नेलाई कारबाही भएन सहयौ, ओम्नी ग्रुपलाई कारबाही भएन सहयौ, अनेकौ भ्रष्टचार काण्डमा कारबाही भएन सहयौ, तर अब कुलमानको नियुक्ति भएन भने सहन सकिन्न । गंजागोल, भद्रगोल, ढीला सुस्ती, खुरापाते, चम्चागिरी, कमीशन खोरी आदि कारणले कुलमानको नियुक्तिमा ढीलाई भयो भन्ने जन बुझाई छ । अब राम्रो काम गर्नेलाई पुरस्कार होईन दण्डको ब्यवस्था गर सरकार । भोली म यो ठाऊमा हुन्छु की हुन्न आज कुनै ठेगान नभए पछी कसरी भोलीको कामको रूटिंग बनाउने, कसरी भोलिको प्लानिंङ गर्ने ? हुन त दुई चार दिन काम ढीला भएर के फरक पर्छ र हाम्रो नेपालमा ? साएद भ्रष्ट र दलालहरूले कुलमानको म्याद नथप्न प्रम ओलीको कान भरेको हुनु पर्दछ, त्यसैले कुलमानको म्यादन थप्न आनाकानि र ढीला हुँदैछ । अब १८ घण्टा लोड सेंडिंग नहोला त्यो छुट्टै कुरा भयो तर निजी क्षेत्रले उत्पादित बिधुत कीन्ने संझौता गरेको प्राधिकरण उक्त उत्पादीत बिधुत ब्यवस्थित गर्न नसके घाटामा जाने पक्का छ, त्यसैले कुलमानलाई नै निरन्तरता दीईयोस ।
सरकारले आफु राम्रो काम गर्नु त कता हो कता, अत्यन्त राम्रो काम गरी रहेका कुलमानलाई समेत समयमा म्याद थप्न आनाकानी गर्यो । कुलमानको आज बाट कार्यकाल सकियो, समयमा म्याद थप्नु पर्दैन ? एदी अहिले सरकार र पार्टी जनताका कुरा वा समस्या कुरा सुन्दैनन भने, चुनावका बेला हामी पनी यीनका कुरा किन सुन्ने ? हामिले नसुने कसरी चुनाव जित्छौ हेरौला ? स्मरण रहोस कुलमानले ३६ अर्ब ऋणमा रहेको प्राधिकरणलाई दश बाह्र अर्ब नाफामा पुराए, फेरी पनी अबको ४ वर्ष नियुक्ति पाए भने सए अर्ब नाफामा पुर्याउँ छन भन्ने हाम्रो अनुमान छ । अनुमान गरेर मात्र नहुने, कीनकी हनुमानहरू जसरी भए पनी कुलमानको ठाऊ लीने दाउमा छन ।
मानौ विदेशी कम्पनी वा निजी क्षेत्रले ५ हजार मेगा वाट बिधुत उत्पादन गर्दा दिने १२% देखी २५% फ्री बिजुलि एदी सम्पूर्ण गरिब नेपालीलाई फ़्रीमा दिने हो भने पनी मज्जाले सकिन्छ । ३० वर्ष कटे पछी त झन सम्पूर्ण स्वामित्व नेपाल सरकारको नाममा नै आऊँने हुनाले प्राधिकरणको भविष्य झनै उज्ज्वल छ ।
त्यस पछी त मर्मत खर्च र प्राधिकरणको तलब भत्ता त २०% उत्पादित विद्युतले नै पुग्छ होला । अर्को कुरा प्लेन उड़ाउने बाहेक पेट्रोल र ग्यासले गर्ने सम्पूर्ण काम बिधुतले गर्न सक्छ । त्यसैले बिधुत उत्पादन हुनु भनेको पेट्रोल खानी र ग्यास खानी हुनु भए बराबर नै हो । अत पेट्रोल खानी भएका देशहरू जस्तै नेपाल पनी धनी हुनेछ । त्यसैले बिधुतको दीर्घक़ालीन विकासका लागी कुलमानलाई अर्को एक कार्यकाल थप्नु पर्दछ, त्यस पछी भने राजनीतिक नियुक्ति गरेर हुन्छ की चुनावमा ल्याएर हुन्छ ऊर्जा मन्त्री बानाउनु पर्दछ ।
लोड सेडिंङको अन्त्य कुलमान गरेका होईनन मैले हो भन्ने मुकेस काफ़्ले गोबर हुन की ओभर हुन ? उशो भए गरेको चाँही कसले त ? लाखौ नेपालीको गाली र सराप सामाजिक संजालमा बर्सीरहेको छ कमजोरी स्वीकार । बैशाख देखी माग सम्म लोडसेंडिंङ भएन भने म सार्वजनिक पद नै धारण गर्दिन भनेको होईन ? खै त बाधा पुरा गरेको ? लोड सेडिंङ हटाएको मान्छे, जनताको मनमा अटाएको मान्छे, कर्तव्यले देश सेवामा खटाएको मान्छे, भ्रष्ट र स्वार्थीले नम्बर घटाएको मान्छे, २० वर्ष देश सेवामा कटाएको मान्छे, भ्रष्टहरूको जालो फटाएको मान्छे, लाई नियुक्ति दिन नमिल्ने कारण चाँही जनतालाई के दिने नी ? कुलमानका पनी कमजोरी होलान, त्यसका लागी सरकारले निर्देशन, सुझाव र कार्ययोजना दिन सक्नु पर्यो नी ।
ऊर्जा मन्त्रालयको निर्देशन नमानेको त कतै सुनिएको छैन । साथै बुद्दी जीवी र सम्बन्धित निकाए संग मीटिंग र छलफल गरे उनको दोश्रो कार्यकाल अझ सफल हुनेछ, तर उनको ठाउमा नयालाई ल्याइयो भने प्राधिकरणको सिस्टम बुझ्दैमा एक बर्स खेर जानेछ । त्यसैले कुलमानलाई नै निरन्तरता दीईयोस । त्यसैले एदी जनभावना विपरीत काम गरे ओलीको पनी बामदेबको जस्तो हालत नहोला भन्न सकिन्न







