
भारतमा ब्रिटिश मात्र नआइ दिएका भए आधा भारत नेपालको हुने थियो, किन भने हामीले कुनै भारतीय राजाहरु संग युद्द हार्नु परेको थिएन । ब्रिटिशहरु संग तोप र आधुनिक हतियार भएका कारण मात्र नेपालले ब्रिटिश संग युद्द हार्नु परेको हो, तर पुरै नेपाल जित्न भने ब्रिटिशहरु सफल हुन् सकेनन । अरबको मरुभूमि र अफ्रिका जस्तो ठाउ लिने ब्रिटिशले सकेको भए त् नेपाल जस्तो सुन्दर देश किन छोड्थे ? तर दुइ सय बर्ष ब्रिटिशको अन्डरमा बसेको भारतले हामि संग फुर्ति गर्न मिल्छ ? ब्रिटिश साम्राज्यका कारण हामीलाई इतिहाँसले अलि कता ठग्यो । त्यो बेला कब्जा गरेको टिस्टा सम्मको भुमि भारतको थिएन, किन भने त्यो बेला भारत भन्ने देश नै थिएन, त्यो बेला त जसले जति भुमि कब्जा गर्न सक्यो उसैको देश हुन्थ्यो, किनकि त्यस बेला देशहरु बन्ने क्रममा थिए । झन् दार्जेलिङ्ग, सिक्किम र भुटानमा त् नेपाली समुदाए कै बसोबास थियो, अत ति भुमि नेपाल संग मिल्दा झन बडी सुहाउँदो हुन्थ्यो । ईस्ट इण्डिया कम्पनी संग सुगौली सन्धि गर्दा एदी ब्रिटिशहरूले भारत छोडन परेको खण्डमा नेपालले छोडेको उक्त भूभाग पुन नेपालकै हुने भनेर सुगौलि सन्धिमा उल्लेख गर्दिएको भए कती राम्रो हुने थियो । इतिहासको एउटा सानो गल्तीले गर्दा हामीले हाम्रो ठूलो भुभाग गुमायौ । हंङकंगको बारेमा त्यस्तै खाले समझौता गरेका कारण चीनले केहि दसक अगाडी हंङकंग फिर्ता पायो । तर ब्रिटिशहरुले नेपाल संग कब्जा गरेको भुमि भारतमा छोडेर गए । ईस्ट इण्डिया कम्पनी संग गरेको सुगौली सन्धि देखाएर भारत नेपालको मुख बन्द गर्न खोज्छ । how funny ? ईस्ट इण्डिया कम्पनी भारत सरकार हुँदै होईन । नत्र किन स्वत्रंतता लीनु ? त्यहि ईस्ट इण्डिया कम्पनीलाई निरन्तरता दिनु नी । त्यसैले नेपाल भारत समन्ध खुसिले भन्दा पनि बाध्यताले टिकेको छ ।
नेपाली भुमी मिचेर बनाएको बाटोबाट मानसरोवर र कैलास गएर तिम्रा देशका नागरिकको कुनै पुण्य हुने छैन, पशुपतीनाथमा लामो समय बसेका सिबजीले कैलास बाट आशीर्वाद देलान जस्तो मलाई चाँही लागेन । पशुपतीनाथको देशलाई रूवाएर पार्वती र कैलास पती महादेब खुसि होलान र ? अरुलाइ थिचो मींचो गरेर धर्म हुदैंन, चेतना भया । धर्म गर्न तिर्थ जानेले धर्मको मर्म पनि बुझ्नु पर्दछ । अर्को कुरा नेपालले नक्सा जारि गरेका बारेमा भारतीय मिडियाले नकारात्मक टिप्पणी गरे पनि त्यसले परिणाम भने सकारात्मक नै ल्याएको छ, किन भने उनिहरुले कालापानिलाइ ठुलो महत्व दिंदा यो घटना संसार भरि उजागर भएको छ, वा भनौ यो मुद्दा संसारले थाहा पाएका छन । जमिनको त् कुरा छोडौ, लुम्बानीमा जन्मेका बुद्दलाइ समेत भारत भारतमा जन्मेको भन्छ । एदी बुद्दले भारतमा ज्ञान प्राप्त गरेकै आधारमा भारतीय कहलिने भए अमेरिका बाट phd गर्ने नेपाली बिद्वान पनी नेपाली होईन अमेरिकन कहलिनु पर्ने हो । भारतमा phd गरेका बाबुराम पनी भारतीय कहलिनु पर्ने हो । कमसेकम बाबूरामलाई त भारतीए शिक्षकले पड़ाएर डिग्री हासिल भो । तर बुद्दलाई कुनै भारतीय माइकालालले पड़ाएर बुद्दी आएको होईन । अनी क़ुन आधारमा उनि भारतीय भए ?
भारतले कालापानी कब्जा गर्न कृतिम नदि निर्माण गरेको कुरा सन् १९९६ OCT पन्द्रको कान्तिपुर दैनिकको हेड लाइनमा समेत आएको रहेछ । यति हुदा पनि त्यो बेलाको सरकारको ध्यान नजानु दुर्भाग्य पूर्ण कुरा हो । हुन त् चीनले बनाई दिएका दुई चार वटा उध्योग त जोगाऊँन नसक्ने सरकारले देश जोगाउने कुरा कसरि गर्न सक्थ्यो र । सन् १९६५ तिरको भारत चीन लड़ाईका बेला तत्कालिन राजा महिंद्रले अस्थाई रूपमा भारतीय फौजलाई काला पानी र लीपुलेख क्षेत्रमा बस्ने अनुमति दिएको भन्ने पनी सुनियो । महिन्द्रले भारतलाई गुन लगाएका रहेछन, शायद भारत संग नजिकको समन्ध स्थापित गर्न चाहन्थे होला, तर जे भए पनि भारतिय सेनालाइ ठाऊ दिनु नै गलत थियो, किन भने अर्को मित्र रास्ट विरुद्धको लड़ाईमा आफ्नो भूमि र नैतिक समर्थन दिनु गलत हुन्छ । त्यो बेला भारतीय सेना बिना अनुमति पनी बसेको हुन सक्छ । युद्दमा भारतले चीन तीरको एक इंच पनी भुमी लीन त सकेन, तर उल्टै युद्धमा सहयोग गरेको नेपाल तिरको भुमी लियो । चीन सीतको युद्दमा लज्जास्पद हार ब्यहोरेको भारतलाइ नेपालको केहि क्षेत्र लीन पाऊँनु पनी ठुलै उपलब्धि भयो होला । भारत चीन युद्द त सकीयो, तर राजा महिंद्रले भारतिय फौज हटाउन सकेनन, चाहेनन, वा ध्यान पुगेन । इतिहासका कुरा सुन्दा वास्तबिकता यही हुनु पर्दछ । कालापानी र लीपुलेक नेपालले ब्यवारीशे छोड़ी दिएको रहेछ, यस्तो भुमी सजीलै पाऊँदा जसले पनी लीन्छ । त्यहां राज्यको उपस्थिति जनगणना गर्ने र तिरो उठाऊने बेला बाहेक अघि पछि देखिएन । बिना कुनै रोक तोक र बिवाद लामो समय देखी भारतले भोग चलन गर्दै आएको भुमी फिर्ता गर्न धेरै गाह्रो छ, तर सारा रास्ट एक जुट भएर लागेमा असम्भव भने छैन । त्यसैले ऐतीहासिकि प्रमाण जुटाएर प्रयास भने जारी राख्नु पर्दछ । किन भने हामी संग प्रमाणको अभाव छैन । तर हिक्मत, इच्छा सक्ती, इमान्दारीता, र क्षेमताको चाँही राम्रै अभाव छ ।
नेपालीहरूको भारतीय सेनामा ठुलो योगदान छ, दुइ सए वर्ष अगाडी जब नेपाल पूर्बमा टिस्टा र पक्षिममा काँगड़ा सम्म फैलीदै थियो । त्यहि बेला बेलायतको इस्ट इन्डिया कम्पनिले भारतलाइ कब्जा गरि सकेको थियो, उनिहरुले नेपालले जितेको भुमि समेत कब्जा गर्न सफल भए, अनि नेपाल इस्ट इन्डिया कम्पनि संगसुगौली सन्धि गर्न बाध्य भयो, त्यो बेला सम्म भारतमा पनि अनेक स-साना राज्य थिए । ती राज्यलाई अंग्रेजले एकीकरण गरे पनी जुन सुकै बेला विद्रोह हुन सक्ने स्थिति थियो । सुगौली सन्धि पछी नेपाली पनी अंग्रेज़ी सेनामा भर्ना हुन थाले । अनी नेपाली र अंग्रेज़ी सेना मीलेर भारतमा भएका साना राज्यलाई मिलाएर विसाल भारत बनाउने दिशामा नेपालीहरूको ठूलो योगदान रह्यो । नत्र हरेक राज्यलाई अंग्रेजले मात्र सम्हाल्न धेरै गाह्रो थियो । त्यसैले विसाल भारत बन्नुमा नेपालीहरूको पनी ठूलो योगदान छ । एक चोटि त भारतमा अंग्रेज विरुद्ध विद्रोह यती बड्यो की अंग्रेजलाई नेपाल संग मद्दत माग्न बाध्य हुन पर्यो । जंग बहादुरले नेपाली सेना पठाएर विद्रोह सांत बनाए । त्यस बाट ख़ुसी भएर अंग्रेजहरूले बाँके, बर्दिया, कैलाली र कंचनपूर गरी ४ जिल्ला नेपाललाई फिर्ता दिए । त्यो बेला यी ४ जिल्लालाई नया मुलुक पनी भन्ने गरिन्थ्यो । त्यस कारण आजको विसाल भारत बन्नुमा नेपालीहरूको धेरै ठूलो योगदान छ । अनि धेरै रगत र पसिना बगेको छ, नत्र आज भारतमा कम्तिमा ५, ७ वटा देश त् पक्कै पनि रहने थियो । किन भने पुरा भारत एकिकारण गर्न सक्ने राजा भारत बर्षमा कोहि थिएनन । त्यस कारण नेपाल भारत समन्ध आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, राजनीतिक र ऐतिहासिक किसिमका छन ।
भारतीय राज्य छुट्टिंन खोज्दा बल प्रयोग गर्न सजिलो हुने हुनाले ब्रिटिशहरूले नेपालीहरूलाई आफ्नो सेनामा लिएर नेपाली आर्मीको छुट्टै बटालिएन बनाएका हुन । पछी संसार जित्न समेत नेपालीहरू प्रयोग गरियो । पहिलो र दोश्रो बिश्व युद्दमा समेत नेपाली प्रयोग गरे । ६० हज़ार नेपाली त बिश्व युद्दमा मारिए भंनिन्छ । भारत स्वत्रंत्र भए पछी ४ वटा बटालिएन ब्रिटिशहरूले हंकङ लग़े । (हंकंग स्वत्रन्त्र भए पछि तिनलाई अहिले बेलायत लगीएको छ ) बाँकी भारतमा नै छोड़े । ती भारतमा छोड़ेका बाक़ी नेपालीहरू अहिले पनी जम्मू कश्मीर आदि युद्द क्षेत्रमा भारतका लागी लड़ी रहेका छन । आफ्नो ज्यान दिइ रहेका छन,नेपाली नहुने हो भने भारतको धेरै हिस्सा पाकिस्थानले कब्जा गरि सक्ने थियो भन्नेहरु पनि धेरै छन, त्यस कारण नेपालीहरूको विशाल भारत क़ायम रहनुमा ठूलो योगदान छ । यती ठूलो योगदान गरेका देशका जनतालाई अन्न्याय गर्न भारतलाई किन अली कती पनी अफ्ठेरो नलागेको होला ? उसले हाम्रो भुमि कालापानी, लिम्पीयाधुरा, लिपूलेक र गुन्जी कब्जा मात्र गरेन, आफ्नो राजनीतिक नक्सा मै राखी सक्यो । पुर्ब मेची देखि पक्षिम महाकाली सम्म उसले हाम्रो थुप्रै भुमि मिचेको छ र अझै मिच्दैछ, अनि सिमा विवाद सुल्झाउनका लागि बार्ता गर्न पनि तयार छैन । भारतमा जुनै सरकार आए पनि नेपाल प्रतिको नीति र हेराइ उस्तै छ, भारतले जहिले पनि आलटाल नीति अपनाएर बार्तालाइ टारी रहन्छ । त्यसैले हामि एक भएर भारतलाइ दबाब दिन सके मात्र भारत समस्या समाधान गर्न बाध्य हुनेछ ।

दुइ सय वर्ष अगाडी जन्मेको बागलाई ७३ बर्स अगाडी जन्मेको हात्तिले छोटे भाई रे । साइज़ले बड़े भाई हुन्छ की उमेरले ? अनी छोटे भाईलाई बडे भाईले जे गरे पनी हुन्छ ? तिम्रो इण्डियामा भाईलाई हेप्ने र भाईको जग्गा मिच्ने चलन छ होला, तर हाम्रोमा त बड़ाले छोटालाई माया गर्ने र छोटाले बड़ालाई आदर गर्ने चलन छ । अर्को कुरा भारत सरकार द्वारा नेपाललाई दिईने छात्र बृदिमा नेताहरूले आफंतलाई पारी दिन भारतीय दूतावास लैनचौरमा सरण पर्न नछोडे सम्म भारतीय नेताहरूले नेपाललाई हेप्न छोड़ने छैनन् । नेताहरुको व्यक्तिगत स्वार्थ र नालायक पनाले गर्दा नेपालले हेपिनु ठीक होइन, हाम्रा नेताहरुले दूतावास र दिल्ली गएर नारी छाम्न दिए पछी त हेप्छन नै । नत्र बिगतमा नेपाली मन्त्रिहरु किन एक सालमा दश चोटी सम्म दिल्ली भ्रमणमा गएका थिए त् ?
बीबीसी इण्डियाको रिपोर्ट नै भन्छ, कोरोना लागे पनी चीनको र रसियाको मृतु दर कम छ । (भारतको कोरोना अली कड़ा छ । युएइमा पनी मृतु दर कम छ ) उसको भनाई सहि हो, हरेक देशमा करोनाको अशर फरक फरक छ । अनी त्यहि कुरा हाम्रो प्रधानमन्त्रीले भन्दा चाँही भारतीय मीडियामा किन विरोध ?
आजको नेपाल सरकार बेथिती र भ्रष्टचारका कारण केहि कमजोर होला, तर नेपाली जनताको सरिरमा त्यहि रगत बगेको छ, जुन रगत नालापानीमा अंग्रेजहरू संग लडने बीर गोर्खालीको सरीरमा बगेको थियो । भारतीयहरूको सरिरमा त्यहि खून बगेको छ जुन खून ब्रिटिशहरू संग लडन नसकेर २०० वर्ष ग़ुलाम बन्नेहरूमा बगेको थियो । अहिले रसिया अमेरिका र फ़्रान्स संग किनेर अली कता हतियार थुपार्दैमा हामी संग फुर्ती गर्न मिल्ला र ? सत्य संग लडनलाई त बम होईन दम चाहिन्छ । एदी सरकारले चायो भने मिसाइल र बम बनाऊन सक्ने बौदिक नेपालीहरू संसारका विभिन्न देशमा काम गरी रहेका छन । सरकारले साथ दिए भारतले नेपाललाई बेच्ने गाड़ी, ट्रक, बाइक आदी सम्पूर्ण उप भोग्य समान नेपाल मै उत्पादन गर्न सकिन्छ । त्यसका लागी सरकारले कर निती परीमार्जन गरेर प्रोत्साहित गर्ने खालको निती ल्याए मात्र पुग्छ । इण्डियालाई मेख मार्न जन स्थरबाट हिन्दी फ़िल्म बन्द गर्दीउँ, अर्बौ भारत जान बाट जोगिन्छ । हिन्दी फिल्म नहेर्दैमा कोही नेपाली मर्ला र ? बरु झन नेपाली फ़िल्म फ़स्टाऊँछ । पेट्रोल र अन्न्य अत्यावश्यक सामान चीन तिर बाट ल्याउ, भारतको अर्बौको नाफा गुम्नेछ । हामीले भारतलाई अर्बौको व्यापार दिएका छौ । त्यो कम हुने बित्तिकै भारत आफै लाइनमा आउँछ ।
तराइका सांसद र नेताहरु समेत सिमा मिचिदा चुइक्क बोल्दैनन, त्यसैले एदि कोही तराईका सांसद संसद भित्र हिन्दीमा भाषण गर्छ भने त्यो अबैध रूपले बिहार बाट नेपाल छिरेको मान्छे रहेछ भनेर बुझ्नु पर्दछ । कीन भने एदी नेपाली भए त मैथली, भोजपुरी आदि स्थानीय भाषा प्रयोग गर्न सक्थ्यो वा प्रयोग गर्दथ्यो । अनि सिमा मिचिदा पनि मज्जाले बोल्थ्यो । नेपाल भारत सीमानामा पर्खाल वा काँडेतार लगाउने खर्च दुबै देशले आधा आधा ब्यहोर्नु पर्ने हो, तर सिमानामा पर्खाल लगाए सिमाना मीची रहन पाइँदैन भनेर भारत वास्ता नै गर्दैंन । तर उसले नेपाल बाहेकका सबै देश संग सिमाना बारेको छ । सिमानामा काडेतार नलगाइ कन नेपाल कहिले पनि सुरक्षित र बिकशित हुन सक्दैन । सिमानामा काँडेतार नहुनु र घर बनाए पछि कम्पाउंड नहुनु उस्तै उस्तै हो, किन भने गेट र पर्खाल नभएको घर त्यति सुरक्षित मानिदैन र सुरक्षित हुँदैन पनि । भारतले नेपाललाई तब मात्र हेप्न छोडछ, जब हर सिपाहीको हातमा Ak47 हुन्छ, अनी देश संग दुई चार दर्जन मिसाइल र दुई चार दर्जन फाइटर ड्रोन वा फाइटर प्लेन अनी एउटा भए पनी अणु बम हुन्छ । तर नेपाली नेता स्वाभिमान बेचेर सत्तामा जान भारतको सहारा लिउन्जेल भारतले हेपी नै रहन्छ । गरिब र कमज़ोर देश बनाए पछी हेप्दैन त ? बलियो र बिकसित देश बनाउ अनि लौ हेपोस त् ?
भारतले नेपालमा रहेका भारूसमेत साटी दिएन, ति भारु निम्न प्रकारले नेपालमा जम्मा भएका थिए । १) भारतमा काम गर्ने नेपालीहरूले छुट्टीमा आउँदा भारु लीएर आऊनु, २) भारतिय पर्यटकले नेपाल आऊँदा लीयर आएको भारु (त्यो भारू होटलमा बस्दा तिरेको, अनी शपिंग गर्दा 3) भारतबाट समान आयात गर्न सजिलो हुंछ भनेर डलरको सट्टा भारू सटही गरेर राखिनु तर भारतले नेपालमा भएका भारु नसाटे पनी हामीलाई केहि फरक परेन, अब नसाटदा पनी के चै फरक पर्ला त ? (अब त ती नोट यता उता हराई सक्यो होला) यसरी जम्मा भएको पसीनाको कमाई त साटि दिएन, यस्तो छिमेकिले अर्बौ पर्ने जग्गा त्यती सजीलै देला र ?
भारतलाइ बिस्वास गर्न नसकिने धेरै कारणहरु छन, जस्तो कि तत्कालिन राजा बीरेन्द्रको सांती क्षेत्रको प्रस्ताव तुहाई दिनु, नेपाल सांती क्षेत्र हुँदा भारतलाई के हानि हुँथ्यो र मानेन ? भूकम्पले घर भत्किएर गरिब जनताहरुलाइ खाने बस्ने समेत समस्या भएको बेला फ़ोरमलाई उचालेर नाकाबन्दी लगाउनु, यस्तो प्राकृतिक बिप्पत्तिका बेला नाकाबन्दी गर्नु घोर अमानवीय थियो । भारतले बंगलादेस र पाकिस्तानी भुमीमा बार लगायो तर नेपाल तिरको सिमाना मिच्न पाई रहने हुनाले बार लगाऊँ भंदा वास्ता नगर्नु । समिधान जारी नगर भनेर दबाव दिनु । नेपाली सेना विरुद्ध लडन मावोबादीलाई मौन समर्थन दिनु । नेपाल भित्र जासूसहरू खटाउनु । नदी हड़पने गरी असमान सन्धि गर्नु । ब्रिटिश संग गरेको सुगौली सन्धि देखाएर नेपाललाई थर्काउनु । नेपाली अस्थिर भए चीन र तिब्बत विरुद्ध खेल्न सजिलो हुंछ भनेर नेपाली राजनीतिक नेता उचालेर सरकार गिराई रहनु । मौक़ा पाए सम्म सीमा मींची रहनु । फास्ट ट्र्याक हत्याएर प्रत्येक गाड़ीलाई रु एक हज़ार सम्म लेबी लिएर नेपाल र नेपालीको ढाड भाँच्न खोज्नु ।
(स्मरण रहोस सेर बहादुरले फास्ट ट्र्याक इण्डियालाई दिन मरि हत्त्य गरेर लागेका थिए तर सकेनन ) भारतले नेपालमा बिधुत निकाल्छु भनेर लाइसेंस लिए पछी केहि नगरी चुप लागेर बस्ने, ताकी उताको बिजुलि महँगोमा बेच्न सकीयोस । टाटाले नेपालमा गाड़ी एसेम्बल प्लाण्ट राख्न खोज्दा आफ्नो देशको रोजगारी घटछ भनेर समझौता भएको योजना समेत क्यांसिल हुने गरी अप्रत्यक्ष भुमीका खेल्नु ।
नेपालको आंतरिक मामिलामा हस्तक्षेप गर्नु । नेपाल धनी र बलियो भयो भने आफ्नो बहसमा राख्न सकिन्न भनेर नेपालको खुट्टा तानेर कहिले उभो लाग्न नदिनु । नेपाललाई पेट्रोल र ग्यास बेचेर खरबौ कमाउनु । नेपालमा उध्योग खुले आफ्नो सामान बिकदैंन र आफ्नो बजार गुम्छ भनेर नेपालमा कुनै ठुला उध्योग आउन नदिने निती लीनु । आफ्नो जनसंख्या एक खरब नागेका कारण बिहार तिरका नागरिक नेपाल छिरेर नेपाली नागरिकता लीउन भन्ने चाहना राख्नु । नेपाल माथी हेपाह प्रवृति राख्नु । भारत भएर तेश्रो देश संग हुने नेपालको व्यापारलाई असहज र अबरोध हुने खालका निती लीनु । यस्ता सयौ उदाहरण दिन सक्छु । त्यसैले पृथि नारायण साहले भने झै दक्षिणको छिमेकि अहिले पनी धूर्त नै छ , त्यसैले हामी सधै चनाख़ो रहनु पर्दछ, र भारतलाइ नालापानि छोडियो तर अब कालापानी छोड्न सकिन्न ।
लेखक :मीन बहादुर पण्डित






