
यतिबेला विश्वनै काेराेना भाइरसकाे रापमा जलिरहेकाे जताततै भाइरसकाे असरले लाखौं मान्छेको ज्यान गैसकेकाे छ भने लगभग विश्वकाे ३ कराेड जनसंख्यामा काेराेना संक्रमित भैसकेको छ । विश्वभरका अस्पतालहरु काेराेनाका विरामीले भरिएका छन् ,सडकहरु समेत एम्बुलेन्सकाे जाममा परिरहेका छन् , लाखौंले राेजगार गुमाइसकेका छन् ,हजारौं कलकारखाना बन्द गराइदिएकाे छ।कतिपय देशहरुमा भाेकमारी शुरुहुने खतरा चुलिएको छ ।
अब साेहि अबस्थाकाे भुमरीमा नेपाल पनि फस्न सुरु भैसकेको छ । लकडाउनकाे बेला मै सयौं मजदुरहरु भाेकै परे विशेषगरी दिनभरि श्रम गरेर बेलुका छाक टार्ने मजदुरकाे पीडा कहालिलाग्दो छ । लकडाउनकाे बेला महिनाै मार परेका मजदुरहरु फेरि निशेधाज्ञाकाे चपेटामा परेकाे छ । जसकाे कारण दिनभर काम गरेर बेलुका छाक टार्ने मजदुर भाेकै पर्दै आएकाे छ ।काेराेना माहामारीमै हजारौं मजदुरकाे भाेकाे पेट किन देखन सक्दैन सरकार के यिनिसबै जनता हैनन् र ? के भाेका नाङ्गा रहेका जनताकाे पेटभर्नु सम्बन्धित सरकारकाे जिम्मेवारी हाेइनर ? काेराेनाकाे विपत्तिमा जनतामा तमाम समस्या निम्तिन्छ भनेर तीन तहकाे सरकार केके तयारी गरेत ? देशका विभिन्न ठाउँमा हजारौंकाे संख्यामा निम्न वर्गका जनता भाेकले टाठ पल्टिएको छ ।तिनकाे परिवारकाे हालत के हाेला ?
आफू कसरी पालिने र परिवार कसरी पाल्ने भन्ने चिन्ताकाे आगाेमा रुमलि रहेकाे छ । केही हदसम्म विद्यार्थी संघका युवाहरुले भाेका पेट रहेका ,निम्न वर्गका जनताको पेट भर्ने काम गरिरहेकाे छ । त्याेपनि याे अभियान कहिले चल्छ एकिन छैन स चर्काे घाम चाहे झरि,बादल, जुनसुकै अबस्थामा पनि भाेकाे पेटले केबल एकगाँस खाना खाेज्छ सायद त्यसैले हाेला खाना खुवाउने अभियान कुनै युवाहरुले चलाएकाे ठाउँमा टुप्लुक्क पुगिरहेका छन् जनता अब यहानिर प्रश्न उब्जिन्छ सरकार काहाँ छ ? जनताकाे लागि सरकार कहिलेहुने ? यस्ताे अबस्थामा सरकार स्वयमले स्थानीय सरकारलाई दिनदुखी जनताकाे अबस्थामा हेर्ने र भाेकाे पेट भरिदिन एकदमै जरुरी छ जतिसक्दो छिटो उक्त विषयमा साेचियाेस संकटको बेला भाेकाे पेट भर्न सक्नुनै सबैभन्दा पहिलाे उद्वार बन्छ ।
साेध्न मन लाग्छ म मन्त्रीज्यु, सांसद ज्यु , मेयर ज्यु सिडिओ ज्यु ,एसपि ज्यु ,सबै साहब ज्यु तपाईंहरु सङ्ग चिल्ला चिल्ला गाडि छ तपाइहरु सङ्ग बिदा भए हडताल भए लकडाउन भए निधेषाग्या जे भए पनि सरकार ले तलब भाता सुबिधा दियेकै छ अषारे बजेट चलाउन पाउनु भयेकैहो केहि दिन को लागि लकडाउन खुकुलो गरि जन्ता सङ्ग जसरि भएपनि कर र ब्याज तिर्न लगाउनु भयेकै हो यति सम्म गर्दापनि जनता चुप लागेर बसेको के त्यहि गल्ति हो आफु दुख पिडा झेलेर कर ब्याज तिरेका छन् ।
जनता पिडामा छन् आत्तिएका छन् छट्पटिएका छन त्रासमा छन रुयेका छन आत्महत्या गर्दै छन यहासम्म कि भोकै सुत्नु परेको छ बिरामीहरुको लागि उपचार छैन, किसान लाइ मल छैन, ब्यपारि हरुको ब्यपार चलेको छैन, ब्याज तिर्नु परेको छ अहिलेको अवस्थामा तपाइ हरुको आलावा देश का सबै जनता बिपन्ननै भयेको अवस्था भए पनि कम्तिमा अति बिपन्न को लागि खै राहत के तपाइ हरु त्यो मजदुर जस्ले रिक्सा चलाउछन ठेला चलाउछन दैनिक ज्यालादारि गर्छन त्यस्ता जुन दिनमा कमाएको पैसा ले राति आफ्नो र आफ्नो सम्पुर्ण परिवार को छाक टार्थे अहिले कसरि जिवन बिताइरहेका होलान ?
एक छाकको खाना बाड्दा जस्लाइ पुग्दैन यदि तपाइ मानव हुनु हुन्छ भने तपाइ को आँखा बाट आँशु बग्नेछ यो एउटा मात्र उदाहारण हो त्यसकारण अहिले जनता मा आक्रोश बढदै गैरहेको छ र आउने दिन पकै कसैको लागि हितकर हुनेछैन अहिलेको समय खालि हेरेर लखेटेर थुनेर राख्ने हैन गरेर देखाउने समय हो । र विकल्प खोज्ने हो जुन सम्बन्धित निकायले ध्यान दिएर याक्सन लिन सक्नुपर्दछ । जनतालाइ अहिले को समयमा दुइ छाक खाना को आवश्यकता छ बिरामीलाइ उपचार को आवश्यकता छ उक्त आवश्यकता पनि पूरा गर्न नसक्नु तीन तिहाइमा रहेका सरकारकाे असमक्षकता लाइ दर्साउछ ।
याे विषम परिस्थितिमा गरिब र विपन्न वर्गका जनताकाे दुखमा मलमपट्टि सरकारले लगाउनसके र हामी सबैले सतर्कता अपनाएर यो संकटको घडिमा एक अर्काको सहयोग गरेर अगाडि बढे अवश्य यो कोरोना माहामारि बाट जित हाम्रो हुनेछ । जसकाे लागि सरकारको महत्त्वपूर्ण भुमिकाकाे जरुरी छ ।







