हाम्रा रीतिरिवाज र परम्परागत गोपनीयतालाई सम्मान गरौँ– पशुबलि र संवेदनशील दृश्य फेसबुकमा नराख्न विशेष अनुरोध गर्दछु ।
🩸नेपालीहरुकाे महान चाडपर्वमा गरिने पशुबलि वा यस्ता संवेदनशील दृश्य, फोटो तथा भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट नगरौँ।
🌸 दशैँ मनाऔँ: संस्कृति जपौँ, सद्भाव र संवेदनशीलता जोगाऔँ 🌸
चाडपर्वहरू हाम्रो साझा पहिचान, खुसी र सामाजिक सद्भावका आधार हुन्। खुसी साटासाट गर्ने र बिदाको सदुपयोग गर्दै आफन्तजनसँग रमाउने यो अवसरलाई हामी सबैले आ-आफ्नै तरिकाले स्वागत गरिरहेका छौँ।
तर, पछिल्लो समय सामाजिक सञ्जालमा पशुबलि वा हिंसात्मक दृश्यहरू सोझै पोस्ट गर्ने होडले धेरै नकारात्मक असर पारेको छ। एकातिर यस्ता दृश्यले आम मानिसलाई मानसिक रूपमा असहज बनाउँछ भने अर्कोतिर यसैलाई निहुँ बनाएर अनर्गल, तुच्छ टिप्पणी गर्ने र धार्मिक सद्भाव बिगार्ने घृणास्पद अभिव्यक्ति (Hate Speech) फैलाउने काम भइरहेको छ।
जसले जुनसुकै आस्था वा परम्परा माने पनि हरेक संस्कृतिको आफ्नै मर्यादा र गोपनीयता हुन्छ। त्यसैले यो पावन पर्व मनाउँदै गर्दा हामी सबैले विशेष ध्यान दिऔँ:
🌿 संवेदनशीलता अपनाऔँ: बलि तथा सम्बन्धित हिंसात्मक देखिने दृश्यका फोटो/भिडियो सोसल मिडियामा पोस्ट नगरौँ।
घृणा होइन, सद्भाव बाँडौँ: कुनै पनि पर्व वा आस्थालाई गलत दृष्टिकोणले हेरेर घृणा फैलाउने काम बन्द गरौँ।
सभ्य, सुसंस्कृत र सुधारउन्मुख समाज निर्माणका लागि आफ्ना मौलिक रीतिरिवाजको गोपनीयता र मर्यादा कायम राखौँ।
पर्वको खुसी सबैको होस्, विचार र व्यवहार सबैको संवेदनशील होस् । बडा दशैँको शुभकामना! 🌸✨
– सबिना कार्की
उपाध्यक्ष, नेपाल पत्रकार महासंघ, दक्षिण कोरिया शाखा






