मदन भण्डारी (श्रीजल) प्रश्न गर्नुहुन्छ अबको मत कसैलाई ? केपी शर्मा ओलि कि बालेन शाह बालेन्द्रलाई भन्दै प्रश उठाउनु भएको छ । भण्डारीले वर्तमानमा अवस्थामा ओली कि बमलेन भन्ने विषयमा तल चर्चा गर्नु भएको छ ।
व्यक्ति–केन्द्रित राजनीति
आज विचार र नीतिभन्दा व्यक्तिको ब्रान्ड बलियो बन्दै गएको छ। हिजो KP oli I love you भन्ने हरु यत्रतत्र भेटिन्थे । फेरि एउटै मन कति पटक जित्छौ Balen भन्ने पनी भेटीए ।
बालेन युवा पुस्ताको असन्तोष, व्यवस्थाविरोधी भावना र आक्रोशको प्रतिनिधि जस्तै देखिन्छन् भने !
ओली सत्ताको केन्द्र, स्थापनाको प्रतीकका रूपमा बुझिन्छन्।
यही कारण तुलना हुँदा यस्ता नाराबाजी देखिनु स्वभाबिक हो ।
संगठित प्रचार र भीडको प्रभाव
सबै कमेन्ट कसैले आदेश दिएर लेखिएका भन्ने हुँदैन।
तर केही प्रभावशाली व्यक्ति, केही पेज/समूह
र सामाजिक सञ्जालको अल्गोरिदमले एउटै वाक्यलाई बारम्बार दोहोर्याउने वातावरण बनाउँछ।
एकले लेखेको अर्कोले नसोची पछ्याउँछ।
अझै गहिरो कुरा बुझ्न समय नै नदिने संस्कार
आजको समय यस्तो बनेको छ—
लामो तर्क इग्नोर
भावनात्मक नारा लाई नै ठिक भन्ने वातावरण बनेको छ
त्यसैले “No Oli Only #Balen ✅️ भन्न सजिलो हुन्छ,
तर “देशलाई के चाहिन्छ?” भनेर सोच्न गाह्रो हुन्छ।
यसको गहिरो अर्थ के हो त?
यो ओली बिरुद्ध बालेनको मात्रै विषय होइन।
यो व्यवस्थाविरुद्धको आक्रोश र अनुभव बिरुद्द प्रयोगको बहस हो।
तर यसलाई सजिलै व्यक्तिगत दुश्मनीको रूपमा प्रस्तुत गरिँदैछ।
“No Oli Only #Balen ✅️
यस्ता नाराले चुनाव जितिएला,
तर देश जितिँदैन।
लोकतन्त्रमा विकल्प चाहिन्छ,
व्यक्तिको पूजा होइन।
प्रश्न व्यक्तिको होइन,
भोलिको शासन, नीति र काम गर्ने क्षमताको हो।
अब जनताको मत कस्लाइ ????
समर्थन पनि सोचेर गरौँ,
विरोध पनि विवेकले।
#मदनशिला #MadanBhandari #नेपाल_हामी_रहुला_कहाँ_नेपालनै_नरहे।







