
देशमा ग़रीबी छ, सरकारको अन्य धेरै दायित्वहरू छन भंदैमा रेल नबनाउनु ठूलो मूर्खता हुनेछ, कीनकी ग़रीबी र सरकारको अन्य दायित्व पुरा गर्ने माध्यम भोली यही रेल नै हुनेछ, अर्थात नेपाललाई रेलले नै धनी बनाउने छ, कीनकी दुःख झेले मात्र सुखका दीन आउछ । त्यसैले चाहे जती सुकै महँगो परोस, ‘नेपाल चीन रेल लिंक’ लुम्बिनी सम्म जसरि भए पनि बनाउनु पर्छ ।
रेलले नेपाललाई चीनको ऋणमा डुबाऊँछ भनेर सोच्नु हुदैन, बरु रेल बने पछी देसलाई थप ऋण लाग्न बाट जोगाऊनेछ । कीनकि सधै बिदेसी सहयोग, ऋण र अनुदानमा भर परेर देस बन्दैन, त्यशैले अब हामीले आत्म निर्भर हुने दिसामा अगाडी बढ्नु पर्दछ । अर्को कुरा सधै बिदेसी सहयोगको आशा गरेर राष्टिय स्वाबिमान कहिले माथि उठ्दैन । एदी मान्छेले आकासमा उड्ने सपना नदेखेको भए सायद आज हामीले प्लेन चडन पाहुने थीएनौ, आज हवाई जहाँज बिनाको संसार कल्पना गर्न समेत सकिदैन, रेल पनि हवाई जहाँज जस्तै महत्वपूर्ण भइ सकेको छ । त्यशैले रेलको सपना देख्नु अनावश्यक होइन । रेल त् आधुनिक नेपालका लागि लंग ट्रम भिजन बन्नु पर्दछ ।
एदी राम्रो बाल आऊने ठाऊमा जग्गा छ भने ऋण वा लोन नै लिएर भए पनी घर बनाउनु पर्छ, कीनकी पछी घर बनाऊन डबल महँगो पर्छ, बरु घरको बालले लोन तिर्दै खान त पुग्छ । अनी लोन सकिए पछी घर पनी आफनै हुंछ । तर ऋण लाग्छ भनेर डरायो भने कहिले पनी घर बन्दैन, अनी एक दिन त्यहि जग्गा बेचेर खानु पर्ने स्थिति आउन सक्छ, वा ऋण लिएर खानु पर्ने दीन आउछ, अथवा आधा पेट र ग़रीबीमा ज़िन्दगी बिताऊनु पर्ने हुन सक्छ ।
१० वर्ष अगाडी १० लाखमा ४ कोठे घर बंथ्यो भने अहिले ३० लाख जती लाग्छ, त्यसैले १० वर्ष अगाडी घर बनाउनेलाई २० लाख फाइदा भयों, अर्कों तीर ५ लाख जती बाल तिर्नु पर्ने पैसा पनी जोगियों, आफ्नो घरमा आनन्दले बस्न पनी पायो, नत्र १० बर्समा ५ चोटी कोठा सर्न पर्न सक्थ्यो । त्यस कारण परिवारमा समस्या छ, बच्चा पड़ाउन गाह्रो छ आदि भनेर घर नबानाई बस्न मिल्दैन । आफु संग भएको पैसा हाल्ने, बाक़ी ऋण लिने अनी घर बने पछी बिस्तारै लोन तिर्दै जानु बुद्दीमानी हुन्छ । त्यस कारण
उचित किसीमले संझौता गरेर लोन नै लिएर भए पनी केरुङ्ग काठमाँडौ लुम्बिनी रेल बनाऊँनु पर्छ । जसले गर्दा एकातिर रेल निर्माणले मज़दूरलाई रोज़गारी दिंछ भने अर्कोंतीर सस्तोमा सामान आयात र निर्यात हुंछ । अनी १८ करोड़ चिनिया बुद्धिस्ट र बुद्धिस्ट बराबर अरु १८ करोड़ चिनिया पर्यटकहरू नेपाल घुम्न आउन आकर्षित गर्न सक्छ । बर्षमा २% चिनिया नेपाल घुम्न्न आऊदा पनी २ करोड़ भयो । त्यत्रो पर्यटक आउदा ३ करोड़ नेपालीलाई नै प्रत्यक्ष र अप्रत्यक्ष रोज़गारी निसकींछ । जसले गर्दा ६० लाख बिदेसीएका युवाहरू एकै चोटी नेपाल फर्किएर देस विकासमा लाग्न पाऊँछन । नेपालको पर्यटन ब्यवसाय अपार हुंछ । त्यसैले सबै मिलेर यसो गरौ नेपालको विकासमा काया पलट हुनेछ । नेपालको परिस्थिति अनुसार देस विकासको भिजन यही हुनु पर्दछ । अब भिजन पुरा गर्ने मिसनमा लागौ । अहिले सात समुंद्र पारी खाड़ीमा १५ हज़ारमा पाहीने टीवी चीन संग सीमा जोड़ीएको नेपालमा ३० हज़ार जती पर्छ । दुबईमा २५ हज़ारमा पाहीने वासिंग़ मेसिन नेपालमा ७५ हज़ार जती पर्छ । सबै समानमा यस्तै हालत छ । आख़ीर हामी ग़रीब नेपाली दुबईका धनी मांछेले भंदा डबलमा किन सामान किन्न बाध्य छौ ? हामीलाई यसरी महँगोमा पार्न मील्छ ? यसरी हरेक समान महँग़ोमा किनी रहने हो भने कहिले पनी बचत हुन्न, बरु घर चलाऊँन ऋणमा डुबनू पर्छ । त्यसैले गर्दा नै हामी धनी हुन नसकेका हौ । नेपालमा समान महँगो हुनुको कारण महँगो भन्सार र महँग़ो यातायात हो । भारतमा एक लाखमा पाहिने बाइक हामि २ लाख किन तिर्ने ? बाइक, वाशिंग मिसिन आदि समानहरु आजका जमानामा समय बचाउने आवशक्ता हुन्, बिलासिता होइनन । त्यसैले कंटेनर बोक्ने र पर्यटक बोक्ने रेल बिना विकास सम्भव छैन ।
अमेरिकाको समेत चीन संग व्यापार घाटा छ, त्यसैले व्यापार घाटा बडछ भनेर रेल नबनाउनु मूर्खता हुंछ । रेल आयो भने अझ ब्यापार घाटा घट्छ भनेर सोच्नु भनेको नजिकै पसल भयो भने धेरै किनिन्छ भनेर सोच्नु जस्तै हो । दोस पशलको हुदैन किन्ने र उपयोग गर्ने बानीको हुन्छ, अर्को कुरा सुबिधा हेर्ने कि खर्च हेर्ने ? व्यापार घाटा घटाएर उत्पादन बड़ाऊँन र औधोगिक करण गर्नका लागी आवश्यक उपकरण र कच्चा पदार्थ मगाऊँन समेत रेल त चाहिंछ चाहिंछ ।
व्यापार घाटा घटाएर आत्म निर्भर बन्ने हो भने रेल बनाउने कुरामा झेल गर्न हुदैन अनी भारतको रेल भाड़ने खेलमा लागेर मूर्ख बनेर देस र जनतालाई घात गर्नु हुदैन ।अर्कों कुरा सरकारले महँगो भन्सार लिएर बिकास हुदैन, बरु जनता झन झन ग़रीब बनाउछ । औधोगिक करण गरेर सरकारले कर पाऊने वातावरण भए पछी मात्र देस र जनता धनी हुने हो ।
ग़रीब नेपाली चढ़ने गाडीमा २४०% भन्सार लगाएर सरकार धनी भयों त ? बरु जनता धनी हुने वातावरण बनाऊ देस आफै धनी हुंछ , देस धनी हुनु भनेकै सरकार धनी हुनु हो । त्यस कारण नेपाल चीन रेल लिंक नेपालको विकासमा कायापलट (game changer) गर्ने माध्यम हो भन्ने कुरामा कुनै पनी बुद्दीजीबी देस भक्तहरूमा दुई मत छैन । तर २ वर्ष रेल बनाऊन ढीला गर्नु भनेको ४ खर्बमा बन्ने रेल ८ खर्बमा बनाउनु हो । अर्कों कुरा कुनै पनी आयोजना पुरा गर्न त्यस सम्बंधी बलियो निकाए चाहिंछ, रेलको योजना सम्पन्न गर्ने बलियों निकाय भनेको ‘रेल मन्त्रालय’ नै हो । कीनकी रेल भिभागले मात्र यत्रा योजनाहरूको ब्यावस्थापन गर्न सक्दैंन, यातायात मंत्रालय आफै बाटो बनाऊँन नसकेर लथालिंग छ ।
त्यसैले रेलको बिकासका लागी अभिलंब रेल मंत्रालय गठन गरियोस, अनी सक्षम व्यक्तिलाई रेल मन्त्रि बनाईयोस । नत्र रेलको गफ हावा कुरा भनेर उडाउनेहरूलाई थप बल पुग्नेछ । काम गर्छु भनेर मात्र हुन्, काम गर्ने ढंग पनी पूर्याउनु पर्छ । त्यसैले सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु विरोधीहरूको मुख बन्द गर्न भए पनी अभिलंब रेल मन्त्रालय गठन गरेर गर्नु पर्ने कामको ज़िम्मा दिनुपर्दछ ।





