
देवराज उपाध्याय पुरुष ,समाजमा रहेका सबैको मुहारमा खुसिको बत्ती बलेको हेर्नुछ,असाहाय गरिव दुखिहरुको मुहारमा खुसि ल्याउने कोसिस गर्नुछ । जिवनमा आजको जन्मदिन मेरो लागि एकदम महत्वपूर्ण छ, त्यसैले म भगवान संग प्राथना गर्छु मेरो कारणले कसैको मन नदुखोस , सबैको मुहारमा खुसि देख्न पाईयोस्।
मैले यो धरतीमा पहिलो पटक आँखा खोलेको, आवाज निकालेको, पाइला टेकेको दिन । साच्ची आफु जन्मेको दिन भन्ने बित्तिकै त्यो दिन निकै उज्यालो हुँदो रहेछ,रमाइलो हुदो रहेछ, आनन्दित हुदो रहेछ । अनि सबैको शुभकामना रुपी सन्देशहरु केलाइ रहदा पनि उत्तिकै हर्ष लागीरहेछ ।
कति बेला लाग्छ, समयले बिस्तारै यो पृथ्वीमा मलाई नराख्नको लागी प्रयत्न गर्दे छ, मेरो अर्थ बुढो बढाउँदै छ, हिजो आज भोली एक दिन, हप्ता, महिना, बर्ष दशक गर्दै, यो संसारमा बाच्ने दिनहरु कम हुँदै छन ।
तर, अनि कतिबेला लाग्छ, म यो संसारमा टेक्दा जुन अवस्थामा थिए एकदम कमजोर अवस्थामा, त्यसपछि बिस्तारै परिपक्क र बलियो हुँदै गइरहेको छु । तिनै बलियो हुँदै सिढीँहरु चढ्दै गर्दा आज एक खुटकिलो पार गरी अझै परिपक्क भएको महशुस भएको छ । तर आज खुशीको दिनमा नै अलिक अस्वस्थताको कारण अलिक गाह्रो भएको महशुस भएता पनि खुशीको अनुभव भइरहेको छ ।
लाग्छ, मैले जिन्दगीको बाटो लेखीरहेको छु एक खाली पेपरमा । तर ति पेपरमा प्रयोग भएका शब्दहरु एकदम अपरिपक्क अनि कमजोर छन । ति शब्दहरु ऋब फेरी एडिट गरेर लेख्न मिल्दैन, किनकी ति शब्दहरु अब परिबर्तन तथा सुधार हुन सक्दैनन् । बिस्तारै सुधार्दै जानु नै लेखाइको बिशेषता हो । त्यही लेखाईलाई अगाडी बढाउँदा आज एउटा पेज पुरा भएको छ र अर्को पेजमा लेखाई शुरु हुन लागेको छु । ताकी आज एउटा सिढीँ पार गरेर नयाँ सिढीमा प्रबेश गरेको छु ।
यो मेरो लागी एउटा उज्यालो दिन हो । यो सुनौलो अपरचुनेटीमा मेरा बाबुआमा जस्ले मलाई यो जीवन दिनुभो, अनि अन्य शुभ तथा अशुभ चिन्तकहरु, अनि सम्पुर्ण म सँग जोडिनुहुने दाजुभाई, दिदी बहिनीहरु, साथी सगीँहरु सम्पुर्णलाई हृदय देखी नै आभार ब्यक्त गर्न चाहान्छु । किनकी उहाँहरुको साथ सहयोग नै ठुलो रह्यो जीवनका यी सिँढीहरु चढ्नको लागी । साथै सम्पुर्ण हरुमा आभार ब्यक्त गर्न चाहान्छु !
अन्त्यमा मलाई जन्मदिनको शुभकामना दिनु हुने आफन्त, परिवारजन, साथीभाई तथा सुभचिन्तकज्यूहरु संग बिनम्रताको साथ हार्दिक धन्यबाद व्यक्त गर्दै यहाँहरुको जिवन सदैव खुसि रहोस भन्ने कामना गर्दछु । देवराज पुरुष







