
कपिलबस्तु जिल्लाको तिलौराकोट भन्ने ठाउँमा लुम्बिनी पर्दछ । यो एक ऐतिहासिक धार्मिक पर्यटकिय स्थल। फराकिलो भुभागमा फैलिएको लुम्बिनी अवलोकन गर्न हरेक वर्ष कैयौं मानिसहरु आउने गर्छन् आउँछन् । विशेषगरी लुम्बिनीलाई गाैतम बुद्धकाे जन्मस्थलकाे रुपमा प्रख्यात मानिन्छ । नारायणगढ बजारबाट करिब २५ किलिमिटरको दुरिमा प्रगतिनगर भन्ने ठाउँ छ । कावसोतिबाट सरिब ८२-८३ किलोमिटरको दुरिमा लुम्बिनी पर्दछ ।
लुम्बिनी जाने बाटोमा अलिकति कच्ची घरहरू पनि देखिन्छन् । घर बनाएको तर झ्याल ढोका नराखेको अती नै अनौठो पनि देखिन्छ । बाटो अलि अलि सांघुरो नै छ । फराकिलो भुभागमा विभिन्न मन्दिरहरु छन् । विभिन्न डिजाइन अनि फरक शैलीमा निर्माण गरेका ती गुम्बा, मन्दिरहरू राम्रा छन् ।

सबैभन्दा राम्रो अनि मुख्य आकर्शणको बिन्दु भनेको मायादेवी मन्दिर हो । त्यहाँ उत्खनन गरेर राखेका बस्तुहरू पनि छन् । मन्दिर वरपर घांसहरू पनि उम्रिएका छन् । त्यो वरपरको वातावरण आनन्दित छ । नेपाल र भारतबाट धेरै पर्टकहरुपनि आउँछन् । अरू विदेशीहरू पनि आउँछन् । नेपालीहरूको लागि टिकट लाग्दैन ।मन्दिर भित्र फोटो खिच्न मनाही छ । उक्त ठाउँमा पुग्दा आनन्द लाग्छ । विश्वले मान्ने धर्मका प्रसिद्ध भगवान् गाैतम बुद्ध हाम्रै देशमा जन्मनु भएको हाे भनेर निकै गर्व लाग्छ ।
मन्दिर बाहिर भने फोटो खिच्न पाइन्छ । गुम्बाहरू, मन्दिरहरु चारैतिर बुद्दका मन्दिरहरु छन् । विभिन्न घटनाक्रम सम्झाउने बुद्दको जीवनीसँग सम्बन्धित तस्बिर र मुर्तिहरू पनि छन् । फुलहरू रोपेको, हरियो दुबोहरू राम्रो छ । कुनै कुनै ठाउँको पोखरी भने अलि फोहोर थियो जहाँ प्लास्टिकका बोटलहरू फालिएकाे देखिन्थे । लुम्बिनी एक नेपालकाे महत्त्वपूर्ण पर्यटन स्थलहाे पर्यटकिय र धार्मिक दुबै हिसाबमा लुम्बिनी राम्रो छ । यसको विकास र प्रबर्धन अति आवश्यक छ । हर काेहि नपुगेका नेपाली पर्यटकहरु एकपटक याे ठाउँमा घुम्न गए साेर्गकाे एक सुन्दर ठाउँमा पुगेकाे अनुभव हुनेछ ।

धार्मिक महत्त्व
त्यस समय कपिलवस्तु गणराज्यमा महाराज शुदोदनले राज्य गरिरहेको थिये । महारानी महामायादेवी कपिलवस्तुबाट आफ्नो माइतीघर देवदहतिर गइरहँदा बाटोमा पर्ने लुम्बिनीको प्राकृृृतिक सौन्दर्यले रमय उद्मानमा एकछिन आराम लिनुभएकै बेला उहाँलाई प्रशव व्यथा भयो । त्यहीको एउटा सालवृृक्षमुनि वैैशाखपुणिमाका दिन बोधिसत्व सिदाथको जन्म भयो । यो करिब २६०० वर्ष अगाडिको कुरा हो । यो हामी नेपालीहरूको लागि गौरवको विषय हो ।
सर्वे भवन्तु सुखिन : सर्वे सन्तु निरामया :
सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःख भाग्भवेत् ।।
ॐ शान्ति : शान्ति : शान्ति : ।
बुद्धम् शरणम् गच्छामि !







