
अ.न.मि. श्री ज्ञान निकेतन मा.बि.गरगरे (क्वारेन्टाइन) हो म एक स्वास्थकर्मी (नर्स) हुँ । बिरामीको लागि कर्तब्य र दायित्व बोकेर अगाडी उभिदा आफ्नो खुशी भन्दा पनि बिरामीको धेरै खुशी देख्न पाए हुन्थ्यो भनि मनमा धेरै उमंग आउने गर्दछ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणको लागि खटिएको स्वास्थ्य कर्मीहरु मध्ये म पनि हुँ । यस महामारीको बेला म जस्तै आफ्नो मन दहरो बनाएर विभिन्न क्वारेन्टाइन र आइसोलेसनमा खटिएका मेरा सहकर्मी स्वास्थ्य कर्मीहरुलाई पनि हृदय देखि धन्यबाद दिन चाहान्छु ।
जुन क्वारेन्टाइनमा मलाई स्वास्थ्य कर्मिको रुपमा खटाइएको थियो त्यस क्वारेन्टाइनमा मैले नजिक बाट नियालेर कोरोना भाइरसको संक्रमणको सन्त्रास मानिसमा कति हुदो रहेछ भन्ने कुराको अमित अनुभव गर्न पाए । मैले हेर्ने क्वारेन्ताइन जिल्ला रुपन्देही कन्चन गाउपालिका वार्ड नं.५ गरगरे स्थित लुम्बिनी ज्ञान निकेतन मा.बि.मा धेरै जसो छिमेकी देश भारतबाट नागरिकहरु आएका थिए । पूर्व पश्चिम उत्तर दन्क्षिण हिमाल, पहाड, तराई सबै ठाउका नागरिकहरु आएका थिए । क्वारेन्टाइनमा आएका ती नागरिकहरुको खाना तथा बस्ने व्यवस्था स्थानिय सरकारले नै गरेको थियो तर सबैलाई यो सोच थिएन कि यदी हामी संक्रमित भएमा क्वारेन्टाइमा नबसी घरमा जाँदा घर परिवार छर छिमेक र सामाजमा पनि कोरोना फैलिन्छ भन्ने । उनीहरु स्वास्थ्य कर्मीले आफ्नो स्वार्थको लागि हामीलाई यहाँ राखेका छन ।
आफुले पैसा कमाउन राखेको भनि तथानाम शब्दले कराउने गालि गर्ने गर्थे । कहिले पंखा बिग्रियो, कहिले धारामा पानी आएन,कहिले खानामा ढुंगा देखियो, दालमा नुन पुगेन भनि विभिन्न बहाना बनाएर होहल्ला गरी अमर्यादित व्यवहार गर्थे ।कसै कसैले त तेरो दात झारी दिन्छु, हड्डी निकालेर गाडी दिन्छु भनि निकै अपशब्द प्रयोग गरि कुटपिट गर्ने सम्मको धम्कि पूर्ण शब्दले गाली गर्थे, उनिहरुको यस्तो रुखो बोली र अपमानजनक व्यवहारले पनि मेरो मन खिन्न भएन । जति गालि गरेपनि धैर्यशील भई मिठो हाँसो संगै हजुरहरुलाई सन्चै छ ? हजुरहरुको स्वास्थ्यमा कुनै समस्या त छैन ? तपाइँहरुलाई सोध्नु मेरो कर्तब्य हो भन्दा प्रति उत्तरमा उनीहरुले रिस र आबेश के को लागि थियो यो मैले बुझ्न सकिरहेको थिएन ।
यदी कसैलाई ज्वरो आयो भने दिएको डिजिटल थर्मोमिटरले यसरी ज्वरो नाप्नु भनि सिकाएर ज्वरो नापेर कति तापक्रम छ भनि मलाई टिपाई दिनु भनि क्वारेन्टाइनमा बस्ने प्रत्येक नागरिकहरुको बिरामी भए नभएको रजिस्टरमा अभिलेख राख्ने गर्थे । आफुले पैसा कमाउन राखेको भनि तथानाम शब्दले कराउने गालि गर्ने गर्थे । कहिले पंखा बिग्रियो, कहिले धारामा पानी आएन,कहिले खानामा ढुंगा देखियो, दालमा नुन पुगेन भनि विभिन्न बहाना बनाएर होहल्ला गरी अमर्यादित व्यवहार गर्थे ।कसै कसैले त तेरो दात झारी दिन्छु, हड्डी निकालेर गाडी दिन्छु भनि निकै अपशब्द प्रयोग गरि कुटपिट गर्ने सम्मको धम्कि पूर्ण शब्दले गाली गर्थे, उनिहरुको यस्तो रुखो बोली र अपमानजनक व्यवहारले पनि मेरो मन खिन्न भएन । मेरो ६० दिनको क्वारेन्टाइनको डिउटीले मलाई कुनै दिन बिदाको मतलब भएन, दिन रात अनि प्रतिकुल मौसम संग पनि मतलब भएन ।म रातिको १० बजे होस वा १२ बजोस,बिहानको ७ बजे होस वा ९ बजे होस कति बेला कसलाई के कुन समस्या आइपर्दा आफुलाई कहिल्यै आलस्यपन बनाएन बरु हतार हतार गरेर भएपनि क्वारेन्टाइनमा पुगी हाल्थे । यद्यपी क्वारेन्टाइनमा मेरो डिउटी १० बजे देखि ५ बजे सम्म खटाइएको थियो, तर मलाइ क्वारेन्टाइनमा बसेका नागरिकहरुको स्वास्थ्यको चिन्ता लाग्ने गथ्र्यो तर क्वारेन्टाइनमा रहनु भएका आफन्तहरुबाट यो नर्स हाम्रो लागि दुखको बेला सेवा गर्ने साथी भगवान सरह हो भन्ने सोच भित्रि मन बाट कहिल्यै आयो होला भन्ने मनमा लागेन । अपसोस नर्सलाई संधै गालि बेइज्जती गरेको मात्र सुन्न पाएं ।
हुन त मैले पनि सुनेकी थिए अन्य ठाउँमा रहेका क्वारेन्टाइनहरुमा स्वास्थ्य कर्मीहरु कुटिएका पनि, कोरोनाको महामारीमा परी संसार भर कति मान्छे मरिसके,बिदेशमा र नेपालमा सबै नेपालीले देखेका र सुनेका पनि थिए,तर स्वास्थ्य कर्मी माथि दया माया,आधार,सद्भाव,कोही कसैले देखाएको बिरलै पाएं ।उल्टो क्वारेन्टाइन भित्र रहेका बत्ति, पानी खाने भाडो,औषधि छर्किने टंकी, सेनिटाईजर लगायत अन्य सेवा सुविधाका समान समेत तोडफोड गरि बिगारी जाने अनागरिकको ब्यबहार छोडेर जान्थे ।
मैले आफुले आफुलाई नै प्रश्न गर्ने गर्थे र मैले वहाँहरुका तिता पिरा,तिखा,पेचीला शब्दहरुलाई आफ्ना नरम पाउले कुल्चेर धर्तीमा दबाएर राखे जसरी मनमा दबाउने गर्थे । मलाई वहाँहरु प्रति कहिलै रिस देखाएन। धेरै बेर सम्झेर हाँसेर बस्ने गर्थे, चामलका बिया जस्ता कोहि कोहि त बुझ्ने जस्ता थिए तर धेरै जना बुझेर पनि नबुझने थिए,भनिन्छ नि “सुतेको मानिसलाई उठाउन सकिन्छ तर निन्द्रा नलागी निदाएको जस्तो गर्नेलाई उठाउन सकिदैन” भन्ने ठानेर आफ्नो नियमित कर्तब्यलाई निरन्तरता दिने गर्थे ।
सके सम्म सम्झाउने प्रयास त गर्थे ,कहिले परिक्षणको रिपोर्ट ढिलो आयो भनेर मध्य रातिको समयमा स्कुलको पछाडिको पर्खालबाट भागेर गाउमा पुग्थे,गाउँका नागरिकहरुले क्वारेन्टाइन व्यवस्थापनको कमजोरी र त्यहाँ डिउटी गर्ने नर्स सुरक्षाकर्मिको कर्तब्य र दायित्व पुरा नगरेको भनि हाम्रो जिम्मेवारीको कम्जोरी देखाउने गर्थे,तर मेरो दोष के नै थियो र ? मैले त सबैलाई आफ्नो घर भित्रको परिवारको जस्तै माया गर्ने गर्थे, क्वारेन्टाइन भित्र बसेकाहरुलाई कुनै समस्या पर्दा उनीहरु संग पैसा नभएका कोहि कोहिलाई म आफ्नो व्यक्तिगत पैसा खर्च गरेर पनि उनीहरुलाई चाहिने समान किनेर दिन्थे,कोहि यस्ता समस्या भएकाहरु पनि आएका थिए जो संग फेर्ने कुनै कपडा नहुँदा ननुहाएर हप्ता दिन सम्म बसेको देखि बिरामी हुन सक्ने अवस्था रहेको र घरबाट लगाउने लुगा ल्याई दिन कसैले वास्ता पनि नगरेकोले उनीहरु प्रति सहानुभूति स्वरूप मानवीय नाताले एक जोर लुगा आफैले किनेर पनि दिने गर्थे






