
नेपाल कोरोनाको माम्लामा झसङ्ग भएको तिन महिना पुग्दैछ यो बिचमा अनकौ अड्कलबाजि भए, कतिले आफ्नै स्वार्थ पुर्ति गरे, कोरोनाले धनि गरिब सानु ठुलो नभनि धेरै मान्छेहरुको ज्यान लियो। बिदेशमा बस्ने नेपालिहरुले पनि ज्यान गुमाए जसकाे लास समेत नेपाल आउन सकेन नेपालमा सरकारि स्तरमा कोरोना रोकथाम र उपचारका लागि गरिएका प्रयास अपुग भएको जनमानसको गुनासो छ । स्वास्थ्य सामाग्री तथा बन्दोबस्तिका सामान खरिदमा अनियमितता भएको र गुणस्तरमै शन्का रहेको भन्दै देशभर युवाहरुले भद्र आन्दोलन समेत गरे पछिल्लो चरणमा सङ्क्रमित तिब्र गतिमा बड्न थालेकाे र मृतक सङ्ख्या पनि वृद्धि हुदै आाएकाे छ ।
चिनमा पुर्ण नियन्त्रण आएको दाबि गरिए पनि निको भएकामा र फेरि पुन थप संक्रमित देखिएकोले दोस्रो महामारि फैलिन सक्ने सम्भाबना नकार्न सकिन्न उता इटालि स्पेन अमेरिका जस्ता मुलुकहरुमा उच्च बिन्दुमा पुगेर पनि नियन्त्रण हुन सकिरहेकाे छैन अमेरिकात झन विश्वकै सबैभन्दा धेरै संक्रमित र सबैभन्दा धेरै मृत्यु हुनेकाे सुचिमा छ । नेपालमा समग्रमा हेर्ने हो भने तिन महिनामा भएको मृत्युदर सामान्य जस्तै लागेपनि पछिल्लो समय त दिनदिनै जसाे मृत्यु भैरहेकाे अबस्था छ । मुलभुत रुपमा यहा चर्चा गरिएको आर्थिक छेत्र नै हो नेपालमा लामाे समय बन्दाबन्दिको असरले हर छेत्र नराम्ररि थिल्थिलिएको छ। मुख्यत देशको मुख्य आयको माध्यममा मुख्य रुपमा असरमा पारेकाे छ ।
काेराेना भाइरसकाे कारण नेपालकाे आयमा पर्ने असरहरु
१ बैदेशिक रोजगारि र रेमिट्यान्स
काेराेना भाइरसकाे कारण नेपालकाे अर्थतन्त्रमा असर पर्न गएकाे छ । जस्तै हाम्रो देश नेपाल जसकाे सबैभन्दा ठुलाे र्थिक आय हुने हिस्सा ओकटेकाे एक बैदेशीक राेजगारी बाट भित्रीने रेमिटान्स हाे ।कोरोना महामारी चलिरहदा हजारौं नेपालिले रोजगारि गुमाएका छन । अघिल्लो आर्थिक वर्ष विदेशमा रोजगारी गरिरहेका लाखौँ नेपालीहरूले कमाएर घर पठाएको विप्रेषण आम्दानी आठ खर्ब ७९ अर्ब रुपैयाँ थियो। त्यो देशको कुल गार्हस्थ्य उत्पादनको एकचौथाइ हो। यस्ले घातक परिणति अबस्य दिनेछ ।एकातिर रोग लाग्छ कि भन्ने खतरा अर्को तिर रोजगारि गुम्ने या तलब घट्ने मनोबैग्यानिक चिन्ता छ जबकि नेपालि हरु खाडि मुलुकमा छन उता तेलको मुल्य बिश्व बजारमा भारि गिरावट आए सगै ति मुलुकहरु नै आर्थिक सङ्कटमा पर्ने देखिन्छ । बिदेशमा महिनौ बन्द भएका होटेल रेस्टुरामा काम गर्ने नेपालि हरुको रोजगारि गुमेको छ र यो सगै दुइ अर्ब आय बिप्रेसण घट्ने अनुमान छ देसको लागि चिन्ताको बिसय हो ।
२ मझौला उद्योग तथा खुद्रा ब्यापार
मझाैला उद्याेग तथा र खुद्रा व्यापार देशकाे मेरुदण्ड हो । उत्पादित बस्तु ढुवानिमा र बाधा छ नै आयात निर्यात ढ्प्पको स्थिले सुन्यता छाएको छ । बस्तुको माग नै छैन । खाध्य तथा औसधि भन्दा अन्य ब्यापार जस्तो कि सामान्य चिया पसल म म पसल देखि रेस्टुरा सम्म यसै छेत्रमा पर्छ्न ।एउटा सामान्य जुत्ता उध्योगले ५० देखि सयौ मान्छेहरुलाई रोजगारी दिएको हुन्छ । महिनौ बन्द रहदा बैंक ,फाइनान्स, कर्जा किस्ता तिर्न सकिने अबस्था छैन । हजारौ मजदुरहरुको तलब रोकिएको छ । बितिय सस्था धरासाहि हुने अब्स्स्था छ यस बिसयमा राष्ट्रबैंकले अध्ययन गर्दैछ। यो क्षेत्रमा सुदृढ नगरे भयावह स्थिति आउने अर्थबिदको दाबी छ ।
३ पर्यटन
पर्यटनले नेपालको कुल गार्हस्थ्य उत्पादनमा ठ्याक्कै कति योगदान गर्छ भन्नेमा स्पष्ट छैन। तर कम्तीमा तीनदेखि सात प्रतिशत योगदान गर्ने ठानिएको छ। एक जना पर्यटकले सात जना नेपालिलाई रोजगरि दिन्छ । कोरोना महामारिमा बिश्वमा सबैभन्दा मारमा परेको पर्यटन र यातायात नै बढि देखिएकाे छ । सरकारले २०२० लाई राष्ट्रिय भ्रमण बर्स घोसणा गरि बिदेशमा ठाउ हेरि प्रचार प्रसार गरि बिस लाख पर्यटक भित्र्याउने योजना थियाे तर ती याेजना काेराेनाकै कारण स्थगित हुन पुग्याे । यसले गर्दा हवाई उड्यन होटेल रेस्टुरा यातायात कृषि लगाएत बैकिङ आयमा समेत असर पुगेकाे छ ।
४ बितिय क्षेत्र
बैक तथा बितिय क्षेत्रको लगानि सामान्य ब्यापार देखि ठुला साना सबै उद्योग व्यबसायमा हुने गर्छ बन्द र सामाजिक दुरि रहनु पर्ने कारण उक्त क्षेत्र नाजुक अबस्थामा पुग्न सक्न सक्छ । हाल कतिपय अर्थविदकाे भनाइ र सतहमा व्यापार व्यावसाय गर्ने व्यवसायीहरुकाे कुरा बुझ्दा यो आर्थिक वर्षको को हिसाब किताब किस्ता फर्च्युट गर्न सकिने आधार कमै छ रहेकाे छ । यसरि यतिबेला बैंकिङ कर्जा खराब हुनु मुख्य कोरोनाको कारण हुन गएको छ । सरकारले ल्याएको बजेटमा अर्थमन्त्री डा.युवराज खतिवडाका अनुसार ग्रामीण कृषिबाहेक अर्थतन्त्रका सबै क्षेत्रमा कोरोनाभाइरस महामारी तथा ‘लकडाउन’को असर परिसकेको छ। कृषिमै पनि नासवान् वस्तुका भण्डारण अनि सामान आपूर्ति प्रभावित रहेकाे छ । तर पनि ग्रायस्त उत्पादन चार प्रतिशत रहने आशा छ उनकाे भनाइ अनुसार अहिलेको अबस्था भनेको एक्काइसौ सताब्दिको बिसम मानबिय तथा आर्थिक संकट हाे ।
लक डाउनमा अर्थतन्त्र चलायमान बनाउने र विश्व साझेदारि सर्बोपरि सिद्दान्त मार्फत बिकसित देशहरुमा हाम्रो आर्थिक अबस्थाको बारे जनकारि गराउनु चुनौतिको सामना गर्ने एउटा बाटो हुन सक्छ हेरौ कसरी हालको अबस्थालाई माथि उठाउन सफल हुन्छ्न् ।
कृषि क्षेत्रको नोक्सानि चुनौति बारे केहि चर्चा कृषिमा झलक्क हेर्दा महामारिको असर देखिएको छैन । ग्रामिण कृषिमा सधै भन्दा जनशक्ति लागेको र गतबर्श बाझो बसेको जग्गामा खेति लगाइएको छ खाध्यान अभाब नहुने दाबि गरिएको छ, उत्पादित खाध्यान्न बजार सम्म लान र आय आर्जन गर्न भने समस्या छ । सरल ढुवानि नभएको र काला बजारिको सम्लग्नता नै वास्तविक किसानले पसलको दाम नपाउनुको कारण हाे । ठुलो जनशक्ति भारत बाट र अरु मुलुकबाट रोजगारि गुमाएर आएको छ र यस कुरालाइ समयमा बिचार पुर्याई सरकारले मल बिउ र सहुलियत ऋण लगानि गरि दिए बेरोजगारि समस्या हल हुने र केहि समाधान हुनुका साथै देशमा युवा स्वराेजर पनि हुने थियाे ।
सरकारले अब आर्थिक संकट हुन नदिन विदेशमै रहेका कतिपय युवाहरुलाै उदै रहेर सहज रुपमा काम गर्न सकिने वातावरण पनि मिलाउन जरुरी छ । र नेपाल फर्केका ती तमाम युवाहरुलाई काेराेना बाट सुरक्षित हुनुकाे साथै उत्पादनशील क्षेत्रमा लगाउन जरुरी छ ।





