
लिंगको आधारमा महिला र पुरुषबीच गरिने विभेद वा भेदभावलाई लैङ्गिक विभेद भनिन्छ । अतः व्यक्ति शारीरिक बनोटको आधारमा गरिने सामाजिक भेदभाव नै लैब्गिक विभेद हो । जुन समाज पुरुषप्रधान छ उक्त समाजमा महिलाहरूलाई जैविक रुपमा महिला भएकै आधारमा कुनै न कुनै रुपमा भेदभाव गरिएको हुन्छ ।
लैङ्गिक विभेद घरपरिवार, समाज तथा समुदाय, राज्य संरचना तथा विश्वव्यापी रुपमा व्याप्त रहेको हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरहरूमा प्रशस्त पहलहरू गर्नुपर्ने वाध्यता रह्यो ।नेपालको सन्दर्भमा २०४६ ले पहिलोपटक लिङ्गकाे आधारमा कसैलाई पनि राज्यले भेदभाव गर्ने छैन भनी संवैधानिक रुपमा महिला र पुरुषलाई समान अधिकारसहितको व्यक्तिको रुपमा आत्मसात गरेको थियो । नेपालमा लैङ्गिक विभेदकारी कानूनहरू बनानउे कार्यमा पनि सरकार र गैरसरकारी संस्थाहरू लागिपरेका छन् । विभिन्न प्रयासहरू र सफलताहरूको बाबजुद पनि महिला विरुद्धको भेदभाव अन्त्य हुन सकेकाे छैन ।
समाजका प्रचलनहरू, मूल्यमान्यताहरू महिलालाई भेदभाव गर्ने खालकै देखिन्छन् । त्यसैले नेपाली समाजमा महिला विरुद्धको लैङ्गिक विभेद अझै पनि कायमै छ । जस्तैः–संरचनात्मक भेदभाव, सामाजिक संरचना, कानूनी संरचना, आर्थिक संरचना,राजनैतिक संरचना, सांस्कृतिक संरचना इत्यादिलाई विश्लेषण गर्ने हो भने नेपालका महिलाहरू नियमित रुपमा भेदभावको अवस्था छन् । नेपाली समाज जतिसुकै शिक्षित भएपनि बाहिर देखाउने व्यवहार र भित्र गरिने व्यहारमा धेरै फरक पाइएको देखिन्छ । सामाजिक हिसाबले हेर्दा अहिले पनि लिङ्ग शब्दको अर्थ महिला तथा पुरुष नै भनेर बुझिन्छ । तथापी तेस्रो लिंगी वा अन्य नखुलेका व्यक्ति पनि अहिले समाजमा अगाडि आइरहेका छन् । हामीले बुझ्नुपर्ने कुरा के पनि छ भने समाज अथवा राज्यले महिला वा पुरुषलाई कस्तो भूमिका प्रदान गर्छ, अधिकार र साधनस्रोतको बाँडफाँड कसरी हुन्छ, त्यसको प्रयोगको पहुँच उपलब्धता कसरी हुन्छ ? मानिसमा कस्तो व्यवहार र मानसिकता विकास गर्न सिकाउँछ यसको बोध गर्नु नै लैंगिक आधार हो ।
हाम्रोजस्तो पुरुषप्रधान समाजमा महिलाहरू पुरुषको अधनीनमा रहेर परिस्थितिमा जिम्मेवारी तिनीहरूको शरीर र शारीरिक बनावटलाई अन्यायपूर्ण सोचाइको सामना गर्नुपर्ने परिस्थितिले लिंगको अवधारणा आएको देखिन्छ । सदियौँदेखि के मानिँदै आइयो भने महिला–पुरुष चारित्रिक विशेषता मात्र हुन् । तिनका भूमिकाहरू र समाजमा प्राप्त हुने दर्ता आदि सबै तिनका जैविक वा शारीरिक भिन्नताले निर्धारण हुन्छन् । शरीरका कारणले नै महिला र पुरुषबीचको अन्तर तथा भेदभावका विकास भएको देखिन्छ । विज्ञान र प्रविधिको तीव्र विकासले मात्र मानव विकास सम्भव छैन । मावन विकासको लागि समतामूलक समाज गतिशील, राष्ट्र र जिम्मेवार नागरिक हुन पनि आवश्यक छ । समाजमा महिला–पुरुष र तेस्रो लिंगीको उपसिथतिलाई समान मूल्य र मान्यताका आधारमा व्यवहार गर्दै लैंगिक समानता कायम राख्नु आजको आवश्यकता हो । परम्परागत सोच र कुण्ठाग्रस्त मानसिकतालाई बहिष्कार गरी लैङ्गिक विभेदको अन्त्य गर्नु सबै जिम्मेवार नागरिकको कर्तव्य पनि हो । लैब्गिक विभेदबाट उत्पन्न नेपाली महिला विद्यमान चुनौतिहरू ।।।महिलाविरुद्धको हिंसा’ तथा महिला÷बालिकाको ओसारपसार तथा बेचबिखन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिभाषाहरू हिंसा हुने स्थानका साथै महिलाविरद्ध हुने हिंसाको प्रतिरोध गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरहरूमा बनिएका कानून तथा गरिएका सन्धीसम्झौता र महासन्धिहरूबारे पनि उल्लेख हुँदै आइरहेको छ ।
महिलाविरुद्धका विभेद तथा हिंसाहरूलाई ध्यानमा राखी महिलाका अधिकारबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा प्रयोगबारे विवरण दिने क्रममा महिलाको शिक्षा, रोजगार, सम्पत्ति, विवाह तथा पारपाचुके, स्वास्थ्य तथा प्रजनन, गर्भपतन तथा गर्भधारण, नागरिकता, नीति तथा निर्णय शक्ति आदिको अधिकारबारे विस्तृत जानकारी व्याख्या पनि गरिँदै आएको पाइन्छ । जस्तै लिंग प्राकृतिक हुन्छ भने सामान्य अवस्थामा सबै काल, स्थान, परिस्थितिमा एक समान विवादरहित साधारणा तथा महिला र पूरषबीच एकअर्कासँग साटासाट गर्न नसकिने हुन्छ भने लैंङ्गिता सामाजिक देश, काल, परिस्थितिअनुसार फरक–फरक विवादास्पद परिवर्तनीय महिला र पुरुषबीच एकअर्कासँग साटासाट गर्न सकिने हुन्छ ।
पुरुषलाई बलियो आत्मनिर्भर अधिकार रुखो प्रकृतिको शोषक निर्णयकर्ताको रुपमा लिइन्छ भने नारीलाई कमजोर परनिर्भर सहनशील स्नेही प्रकृतिको पालक र निर्णयग्राहीको रुपमा समाजले महिला र पुरुषका भिन्नभिन्न छविहरू बनाएर पुरुषलाई सामाजिक रुपमा महिलाभन्दा माथिल्लोस्तरमा राखेको देखिन्छ । यसकारण नोपली समाजमा महिला र पुरुषबीचको विभेद हटाउन केही मात्रामा सहज भए पनि अझै कतिपय ठाउँमा लैंगिकताले जरो गाडेको पाइन्छ । यसकारण समाज परिवर्तनको लागि सचेतनाको एकदमै आवश्यकता पर्दछ ।





