
मानिसले जीवनमा खुसि रहन विभिन्न खेलहरु खेल्छन र अान्नद लिने गर्छन सजमध्ये छुट्टै खालकाे अनुभव , शाहस , खुसि र अानन्दित तुल्याउने खेल हाे बन्जी जम्प बिश्वको सबैभन्दा साहसिक खेलमध्ये यक हो बन्जी जम्प । नेपालमा पनि आन्तरिक तथा बाह्य पर्यटनको पर्यटकीय गन्तव्यमध्ये बन्जी जम्प प्रसिद्ध उदगमस्थल मानिन्छ । बन्जी जम्प शरीरमा डोरि सुरक्षित तरिकाले लगायर आकाशे स्थानबाट हावाको माध्यममा हाम फाल्दै मनोरञ्जन र आनन्दित अनुभव बटुल्दै खेलिने खेल भन्ने बुझिन्छ । बाग्मती प्रदेश, सिन्धुपाल्चोक जिल्लाको हेलम्बुमा अबस्थित भोटेकोसी नदि बन्जी जम्पको लागि प्रख्यात छ ।
संसारको तेश्रो (१६० मि.) आकाशे उचाइमा रहेको बन्जी जम्प राजधानी काठमान्डौबाट बाह्रबिसे हुँदै करिब तीन घन्टामा पुग्न सकिन्छ जो चीन र नेपालको सिमाना मितेरी पुलबाट करिब १२ कि.मि. मात्र नजिक रहेको छ । काठमान्डौबाट छोटो र यादगार भ्रमण रुचाउनेहरुका लागि भोटेकोसी नदिमा अबस्थित बन्जीसगै आसपासको प्रसिद्ध धार्मिक स्थाल र झरना, नदिनाला आदि प्राकृतिक बाताबरणको आनन्द लिदै यकैदिन फर्कन सकिन्छ । उक्त बन्जी जम्पको सम्पुर्ण जिम्मेवारी र ब्यबस्थापन “द लास्ट रिसोर्ट” ले गरेको छ त्यसकारण बन्जीलाई “द लास्ट रिसोर्ट” भनेर पनि चिन्न सकिन्छ ।

नेपालमा बन्जी जम्पिङको सुरुवात गर्ने उदेश्यले यो रिसोर्टले बि.सं. २०५८ मा नदिमा झुलुङ्गे पुलको निर्माण गरि करिब ४८ लाखको लागतमा स्थापना गरियको हो । पुलले नेपालमा बन्जी जम्पको प्रबेश मात्र नगरी स्थानीय बासिन्दाको आर्थिक जिबनस्तर पनि उकास्न महत्वपूर्ण भुमिका खेलेको छ भने पुलले १ घन्टा लाग्ने बाटोलाई १५ मिनेटमा छोट्याईदियको छ । पुलबाट करिब १६० मीटर तल बगिरहेको भोटेकोसी नदिमा १०० मिटर सम्मको मात्र जम्प गराइन्छ भने बिदेशी पर्यटकको तुलनामा स्वदेशी पर्यटनलाई सहज शुल्क तोकिएको छ ।

बन्जी जम्पले सिन्धुपाल्चोकको प्रयटकिय शोभा बडाउनुको साथै बिश्वमा साहसिक खेलको प्रतिनिधित्व पनि गरिरहेको छ । नेपालमा साहसिक खेलप्रती रुचि बड्दै गयपछी पर्यटनको चाहना मध्यनजर गर्दै यस रिसोर्टले विभिन्न प्रकारका सेवा सुबिधा प्रदान गर्दै आयको छ जसले गर्दा पर्यटकहरु दिल खोलेर मनोरञ्जन गर्न सक्छन । दुई ठुला पहाडबिच छङ्छङ गर्दै बगिरहेको नदि र नदिमाथी टाङ्गियको लठ्ठामा झुन्डिएको पुल, जहाँबाट हाम फाल्दा डरको साथै आकशको जहाजबाट हाम फालेको अनुभव गर्दै फुल्लि इनजोय गर्छन । केही बर्ष अघि भुकम्पले ठप्प भयको यो रिसोर्ट संचान्लनमा आउन यक बर्ष कुर्नुपर्यो । अहिले बिश्वभरी नै महामारिको रुपमा फैलिएको कोभिड 19 बाट सुरक्षित हुन र लकडाउनको पुर्ण पालना गर्दै हाललाई बन्द भयपनी लकडाउनपस्चात पुनः संचालनमा आउनेछ ।

नेपाल जस्तो बलियो अर्थतन्त्र नभयको देशमा पर्यटकिय क्षेत्रको वृद्धि बिकासमा जोड दिन सके देशको अर्थतन्त्रलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सघाउ पुग्न सक्छ । आन्तरिक र बाह्य पर्यटकको इच्छा चाहनाअनुसार यस बन्जि जम्पलाई आबश्यक वृद्धि बिकास गर्न सके बिदेशी मुद्रा आर्जन गरि रोजगारको मुल श्रोत स्थापना गर्दै भावी पुस्तालाई जोगाउन सघाउ पुग्नेछ । बन्जी जम्पले ऎतिहासिक सम्पदाको नेतृत्व गर्दै सिन्धुपाल्चोकको नाम रोशन गरेको छ ।






