
अहिले काेराेना भाइरसकै कारण विश्वका धेरैजसो देशहरूले एकअर्को देशको आवत- जावतमा प्रतिबन्ध लगाएकाे छ भने देशभित्रै पनि आवतजावत सहज छैन नेपालमा पनि कोरोना भाईरस संक्रमितको संख्या ४ अंकमा पुगिसकेको छ । नेपाल सरकारले यसको संक्रमण फैलिन नदिनको लागि लकडाउनको घोषणा गरेको छ । जसको कारण अहिले मानिसहरु आफु भएको ठाउँमा घरभित्रै बस्न बाध्य भएका छन । गाउँघरतिरको जनजिवन सामान्य भएपनि विभिन्न कामको शिलशिलाका सहर गएकाहरु भने समस्यामा परेका छन ।
सन २०१९ को अन्त्यतिर चिनको वुहान शहरबाट सुरु भएको थियो कोरोना भाईरस । सन २०२० फेब्रुअरी-११ मा विश्व स्वास्थ्य संगठन (WHO) ले यसको अफिसियल नाम कोभिड-१९ भनेर एनाउन्स गरेको थियो। द ईन्टरनेशनल कमिटी अन ट्याक्सोनोमि अफ भाईरसेस (The International Committee on Taxonomy of Viruses) ले यसलाई कोरोना भाईरस-२ (Corona Virus-2) अथवा सार्स कोरोना भाईरस-२ (SAARS-CoV-2) भनेर कोड गरेको छ । काेराेना भाईरसले नेपालमा पनि देशको प्रमुख आयस्रोतको रूपमा मानिएको पर्यटन क्षेत्र नै प्रभावित हुदाँ नेपालको कमजोर आर्थिक अवस्थामा झनै ठुलो गिरावट आउने आँकलन अर्थविद्हरूले गरेका छन। सन २०२० लाई भ्रमण वर्ष मानि २० लाख पर्यटक यसैवर्ष भित्राउने सरकारको सबै तयारी रद्द गर्नुपरेको छ। अहिले नेपालको पर्यटन क्षेत्रमा काम गर्ने प्रत्यक्ष ५ लाख मानिसहरूको रोजगार गुम्ने डर भैसकेको छ भने पर्यटन व्यवसायसंग जोडिएका होटल रेष्टुरेन्ट खाध्य उत्पादन तथा वितरण क्षेत्रसंग जोडिएका करिब १० लाख भन्दा बढिको रोजगार गुम्ने डर छ। अहिले सबै किसिमका व्यापार व्यवसाय प्रायः ठप्प भैसकेको अवस्था छ। होटल तथा गेष्टहाउसहरू त प्राय बन्द भैसके केहि बन्द हुने अवस्थामा छन। अत्यावश्यक काम बाहेक मानिसहरूको आवतजावत ठप्प छ। लकडाउनको कारण घरभित्रै बस्न बाध्य भएका मानिसहरुलाई समय बिताउन निकै नै गाह्रो भएको छ ।
यो समय अधिकांस मानिसहरु फिल्म हेरेर वा मोवाईल ल्यापटपमा गेम खेलेर बिताईरहेका हुन्छन । भने केहिले यो समयको भरपुर उपयोग गरि विभिन्न रचनात्मक क्रियाकलापहरु पनि गरिरहेका छन । तपाईंहरु यो लकडाउनको समय कसरी बिताउँदै हुनुहुन्छर ? फिल्म हेरेर, गेम खेलेर वा कुनै सिरियल हेरेर ? यदि यसो गर्दै हुनुहुन्छ तपाईंकाे समय खेर गएकाे हुन सक्छ याे लकडाउनको समयलाई घरमै बसेर एक अबसरको रुपमा लिएर अघि बढ्नुभयो तपाईंको जिवननै परिवर्तन हुन पनि सक्छ । कसरी ? आउनुस तपाईंलाइ म केहि टिप्स दिन्छु जुन तपाईंको जिवनमा एकदमै महत्वपुर्ण हुन पनि सक्छ ।
लकडाउनकाे समय सदुपयोग गरि जिवन बदल्न सक्ने टिप्सहरू
१ विश्वमा धेरै सफल ब्यक्तिहरुको बारेमा हामिले विभिन्न समयमा समाचारहरु सुनिरहेका हुन्छौं । तर ती ब्यक्तिहरु कसरी सफल भए भन्ने कुरा हामिलाई थाहा हुदैंन । आउनुस आफ्नो रूचिके क्षेत्रमा सफल ब्यक्तिको जिवनीको बारेमा लेखिएका पुस्तकहरु खोजेर अध्ययन गरी समय बिताउनुहोस् । जसले तपाईंको लक्ष्य प्राप्तिमा सहयोग पुग्नेछ ।
२ यदि तपाईं कुनै व्यापार, व्यावसाय गर्दै हुनुहुन्छ भने त्यससंग सम्बन्धित थप खोज अनुसन्धान गरी थप ज्ञान प्राप्त गर्नुहोस्, जसले आउने दिनहरुमा तपाईंको व्यावसाय सफल बनाउन थप सहयोग पुग्नेछ । अहिले टेक्नोलोजिको समय छ । अहिले इन्टरनेटको पहुँच सबै ठाउँमा पुगेको छ । यो बेला घरमै बसेर कम्प्युटर सम्बन्धि ज्ञान लिनुहोस । जुन आउने दिनहरुमा तपाईंको जिवनमा अति नै काम लाग्न सक्छ । जसको लागि तपाईं युट्युब तथा गुगलको सहायता लिनुहोस । जहाँ तपाईं आफुलाइ आवश्यक पर्ने सबै कुराहरु इन्टरनेटको माध्यमबाट निःशुल्क पाउन सक्नुहुन्छ । यदी तपाईं गाउँमा हुनुहुन्छ भने आफ्नो खालि समय खेतबारीमा काम गरेर बिताउनुस । कोरोना भाइरसको संक्रमण बढ्दै गयो भने केही समयपछी विश्वमा खाद्यान्न अभाव हुने निश्चित छ । यो खालि समयमा हामी सबैले आप्mना बाँझिएका खेतबारीमा बालिनाली लगायौं भने सिंगो देश नै खाद्य संकटबाट बच्नेछ । ३
यदी तपाईंलाइ टेक्नोलोजीको राम्रो ज्ञान छ भने विभिन्न ज्ञानबद्र्धक तथा सुचनामुलक भिडीयोहरु बनाइ आफ्नो युट्युब च्यानलमा राख्नुस । यसो गर्दा घरमै बसिबसि पैसा कमाउन पनि सकिन्छ ।
४ विभिन्न ज्ञानबर्द्धक तथा शन्देसमुलक फिल्म हेर्नुस । जसबाट मनोरञ्जन पाउनुको साथै जिवनोपयोगी पनि बन्न सक्छ ।
५ आफ्ना साना बालबच्चाहरुलाई उनिहरुको रुचिअनुसार काम गर्न दिनुस, हेन्डराइटिङ राम्रो बनाउन सहयोग गर्नुस, साथै आउने कक्षाहरुको तयारी घरमै बसेर गराउनुहोस ।
६ विभिन्न स्कुल तथा कलेजहरुमा पढ्दै गरेका विद्यार्थीहरुले यो समयलाई एक अवसरको रुपमा लिई आफ्नो अध्ययनलाई निरन्तरता दिनुहोस ।
लेखक: दिपक खनाल अर्घाखाँची हाल दक्षिण कोरिया।





