
कोरोना भाइरसले गाउँ,शहर र देशलाई मात्र होइन पुरै विश्व जगतलाई नै जोखिममा पारेको छ । बलियो अर्थतन्त्र भएको देशमा समेत नकारात्मक असर पुगेको छ भने अल्पबिकसित रास्ट्रहरुले झनै ठूलो आपत्ति र बिपत्ति खेपिरहनु परेको छ । काेराेना भाइरस विरुद्ध लड्न सक्ने औषधि तथा भ्याक्सिन पुर्ण रुपमा तयार भैसकेको छैन भने बैज्ञानिकहरु अझै प्रयासमा जुटिरहेका छन । समाजमा गाँस,बाँस,कपास मात्र नभई मानव जीवन नै जोखिममा पर्ने खतरा छ । सामान्य जीवन निर्बाह गर्ने ब्यक्तिहरुलाई कोरोना भाइरसले झनै ठूलो मारमा पारेको छ ।हाल लकडाउनका कारणले स्थानीय स्तरमा देखिएको प्रभाव तथा असरहरु ।
श्रमजीवीहरुकाे बिचल्ली
नेपालकाे लकडाउन कारण खाद्यान्न देखि, दैनिक उपभोग्य बस्तुको समेत अभाव हुदै गएको छ । उद्योग, कलकारखाना बन्द भएपछि सामान्य ज्याला मजदुरी गरि जीवन निर्बाह गर्ने ब्यक्तिहरुका लागि झन ठूलो आपत्ति आएको छ । लकडाउनको कारण श्रमजीवीहरुकाे गाँस ,बाँस ,खाेसिएकाे छ ।यसको दिर्घकालिन समाधान खाेजिनु पर्छ ।गरिव ,दुई छाक खान नपाउने हरुकाे उचित ब्यवस्थापन नगरे उनिहरु भाेकभाेकै मर्ने छन ।सबै भन्दा ठुलो नेपाली समस्या खान नपाउनु हाे ।
भद्रगोल स्वास्थ क्षेत्र
काेराेना भाइरसका कारणले अन्य विरामीहरुले समयमै स्वास्थ चेकजाँच गर्न नपाउदा दिर्घ राेगिहरु बढने सम्भावना बढेकाे छ ।स्वास्थ क्षेत्रकाे चेकजाँच तथा व्यवस्थापन सहि हुन सकेको छैन । स्वास्थ चौकीमा जादा कोरोना भाइरस सर्न सक्ने त्रासले ढोकामा डेस्क बेन्च राखेको राखेको छ। जसले गर्दा वृद्ध ब्यक्ती, सुत्केरी महिला तथा गर्भवती महिला जस्ता संवेदनशिल ब्यक्तिहरुको राम्रो चेकजाँच हुन सकेको छैन ।यस्तो समस्या देशभरि नै छ ।
सामाजिक संस्थाहर
गाउँमा केही बर्ष यता सामाजिक विकासको लागि धेरै प्रकारका समुहहरु स्थापना भएर विकास निर्माण देखि समाज सुधारका कार्यहरुलाइ सहयोग गरिरहेका थिए ।उनीहरू नियमित सकृय थिए ।त्यहाँ ठुलो बजेट पनि लगानी थियो ।अब ती फेरि पहिलाकै अवस्थामा फर्कन्छन कि फर्कदैनन थाहा छैन । आमा समूह,बाल क्लब,सहकारी ऋण संस्था जस्ता संस्थाहरु गाउँका स्थानीय सरकार जस्तै थिए ।यिनको पुनःस्थापना र क्रियाशीलतालाई पनि ब्युझाउनु पर्छ ।
संस्कार संस्कृतिको रुपान्तरण
काेराेना महामारीले हामी सबैलाई शून्य अवस्थामा झारिदिएकाे छ ।यहि कारणले नेपाली समुदायले पनि जस्तो परिवेशकाे पनि सामना गरिरहेकाे छ ।हाम्रा संस्कार,संस्कृति समेत यतिबेला रुपान्तरण गरिएको छ ।विहेमा जन्ती ,मर्दा मलामी यी सबै दुखत परिस्थितिका दास बनेका छन ।परिवेश सहज भएपछि हाम्रो कला,संस्कृति र संस्कारको जर्गेना पुरानै अवस्थामा फर्काउनु पर्छ।
गाउँमा विकृति बढने डर
लकडाउनका कारण शहरबाट सबै मानिसहरु गाउँ फर्केका छन ।सबै मानिसहरु गाउँमा जम्मा हुदा शहरका विकृतिहरु पनि गाउँमा बढन थालेका छन ।सामान्यतया शहरबाटै विकृतिको सुरुवात हुदा ति गाउँमा स्थापित हुने डर छ ।मानिसहरु राेग,भाेक सँगै लडिरहेका छन ।यस्तो बेला हुने विभिन्न सामाजिक विकृतिहरु राेकथाम गर्नुपर्ने अर्काे चुनाैति छ ।







