May 17, 2025, Saturday
२०८२ जेष्ठ ५, आईतवार

संविधान दिवस: कसैलाई उत्सव, कसैलाई कालो दिन

काठमाडौं, असोजको संविधान दिवसलाई कतै उत्सव र कतै विरोधका रूपमा मनाइएको छ । २०७२ सालमा संविधानसभाबाट संविधान जारी भएपछि प्रत्येक वर्ष देशैभर मनाइँदै आएको संविधान दिवस कतै उत्सव, कतै कालो दिवस त कतै संविधानको अन्त्येष्टि यात्रा निकालेर बिहीबार मनाइएको छ ।

संघीय राजधानी काठमाडौंसहित पहाडी जिल्लाहरूमा संविधान दिवस उत्सवका रूपमा मनाउँदै गर्दा मधेसमा कालो दिवस, अन्त्येष्टि यात्रा, ‘ब्ल्याक आउट’ गरेर मनाइएको हो । सरकारले संघीय राजधानी काठमाडौंसहित देशैभरिका सरकारी कार्यालयमा संविधान दिवस उत्सवका रूपमा मनाएको छ ।

राष्ट्रपति कार्यालयमा रात्रिभोजको आयोजना हुँदैगर्दा सोही समयमा मधेसतिर ब्ल्याक आउट गरी कालो दिवसका रूपमा मनाइएको छ । दरबारमार्गमा भव्य सांस्कृतिक कार्यक्रम चल्दैगर्दा वीरगन्ज, जनकपुर, कलैया, गौर, नेपालगन्ज, भैरहवालगायतका तराई–मधेसका सहरमा कालो दिवसका रूपमा कार्यक्रम गरिएको छ ।

ठाउँठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ । केहीलाई प्रहरीले पक्राउ गरेको छ । कतै उत्सवका रूपमा त कतै ब्ल्याक आउट गरेर ३ असोजलाई सम्झिने गरिएको छ । संविधानप्रति असन्तुष्टि जनाउँदै विरोध गर्नेहरूको संख्या संविधान जारी गर्दादेखि नै रहेको छ ।

प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सहितका दलका शीर्ष नेताले संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । तर, संविधानप्रति असन्तुष्ट समूहका नेताहरूले शुभकामना व्यक्त गरेका छैनन् । उनीहरू विरोध गर्दै वहिष्कारमा छन् ।

प्रभु साह नेतृत्वको आमजनता पार्टी (आजपा)ले संविधानको अन्त्येष्टि यात्रा निकालेको छ । वीरगन्जमा आजपाका नेताहरूलाई प्रहरीले पक्राउ पनि गरेको छ । संविधान खारेजीको माग गर्दै संविधानको अन्त्येष्टि यात्रा निकालेको आजपाले देशका प्रमुख सहरमा नाराबाजी गरेको छ ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा), महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपाल, डा. सीके राउत नेतृत्वको जनमत पार्टी, तराई–मधेस लोकतान्त्रिक पार्टीसहितका दलहरूले संविधान जारी भएको दिनलाई कालो दिवसका रूपमा मनाउँदै आएका छन् ।

(लोसपा)ले संविधान जारी भएको दिन ३ असोजमा तराई–मधेसका जिल्लामा ‘ब्ल्याक आउट’ गर्दै आएको छ । लोसपा अध्यक्ष महन्थ ठाकुरले आन्तरिक सर्कुलर जारी गर्दै प्रदेश, जिल्ला, पालिका कमिटीलाई विरोध दिवसका रूपमा मनाउन निर्देशन दिएका छन् ।राजधानी दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको