May 23, 2025, Friday
२०८२ जेष्ठ ११, शनिबार

यस्ता छन प्रस्तावित राजदुतको कार्ययोजना

काठमाडौं, संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतले अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउनेदेखि नेपाली खेलाडीलाई स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडसँग सहकार्य गराउनेसम्मको कार्ययोजना प्रस्तुत गरेका छन् ।

रेग्मीले आफू राजदूत नियुक्त भए अमेरिकी राष्ट्रपतिलाई नेपालको भ्रमण गराउने बताए । कार्ययोजना प्रस्तुत गर्दै रेग्मीले अमेरिकी राष्ट्रपतिलाई संसद्मा सम्बोधन गर्ने वातावरणसमेत मिलाउने बताए ।

‘अमेरिकी राष्ट्रपतिबाट नेपाल भ्रमण गर्ने र हाम्रो संघीय संसद्लाई सम्बोधन गर्ने कार्यक्रम आयोजना गर्न आवश्यक पहल गर्नेछु,’ रेग्मीले भने । उनको योजना सफल होला या नहोला तर उनले आफ्नो कार्ययोजनामा अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमणमा ल्याउने सुनाए ।

‘अमेरिकी संसदीय सुनुवाइको आफ्नै विशेषता रहेको छ, यसबाट लाभ लिनका लागि हाम्रो संसदीय सुनुवाइ समिति र अमेरिकी कंग्रेसको सुनुवाइ समितिबीच भ्रमण आदान–प्रदानको प्रबन्ध मिलाउन प्रयत्नशील रहनेछु,’ रेग्मीले आफ्नो योजना सुनुवाइका क्रममा सुनाए, ‘हाम्रो देशको विकासलाई आजको विश्व विकास मानकनुसारको स्तरमा पु¥याउन अझ धेरै लगानी हामीलाई आवश्यक छ ।’

कृषि, ऊर्जा, पर्यटन, सूचना प्रविधि, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यजस्ता प्रमुख क्षेत्रहरूमा लगानी वृद्धि गर्नुपर्ने उनले बताए । नयाँनयाँ प्रविधि ल्याई नेपाली अर्थतन्त्रलाई उच्च वृद्धिको मार्गमा लग्न, रोजगारी सिर्जना गर्न, आय वृद्धि गर्न, सबै प्रकारका गरिबी घटाउँदै निवारण गर्न र समृद्धि हासिल गर्न हालको अमेरिकी सहायतालाई आवश्यकतानुसार परिचालन गर्नेगरी दोब्बर बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

नेपालमा लगानीको अनुकूल वातावरण रहेको जानकारी गराएर, प्रमुख संवाहक क्षेत्रहरूका ’boutमा अमेरिकी लगानीकर्ताहरूलाई विभिन्न कार्यक्रमहरू गरेर तथा परियोजना प्रस्तावहरूको जानकारी दिएर आकर्षित गर्ने पनि उनले जनाए । ‘जलविद्युत्, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, पर्यटन, जडिबुटी प्रशोधन, कृषि र भौतिक पूर्वाधारलगायतका क्षेत्रहरूमा प्रत्यक्ष वैदेशिक लगानी बढाउन सम्पर्क गर्नेछु, समन्वय र उत्प्रेरित गर्नेछु,’ रेग्मीले भने ।राजधानी दैनिकबाट