November 28, 2023, Tuesday
२०८० मंसिर १३, बुधबार

अव्यवस्थित तार धमाधम हटाइँदै

काठमाडौं, काठमाडौं उपत्यकाको सडक पोलका अस्तव्यस्त तार हट्ने भएको छ । नेपाल विद्युत् प्राधिरकणले पोलमा अस्तव्यस्त रूपमा टाँगिएका इन्टरनेट र केबल टेलिभिजनको तार हटाउन लागेको हो ।

प्राधिकरणले त्यस्ता तार व्यवस्थापन गर्न ४५ दिनको समयसीमा तोकेको छ । प्राधिरकणले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै आफ्नो पोल प्रयोग गरी अव्यवस्थित रूपमा तानिएका तार र झुन्ड्याइएका उपकरण व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

प्राधिरकणले त्यस्ता तारले सहर कुरूप बनाएको तथा आगलागीलगायतका विद्युतीय दुर्घटना बढेको र विद्युत् सेवा प्रवाहमा पनि असर गरेको जनाएको छ ।

आगलागी नियन्त्रण गर्न र विद्युत् सेवा भरपर्दो बनाउन भन्दै दूरसञ्चार तथा टेलिभिजन सेवा प्रदायकलाई प्राधिकरणले मापदण्डअनुसार नै तार व्यवस्थापन गर्नसमेत निर्देशन दिएको छ ।

प्राधिकरणले प्राधिरकणले ४०० भोल्ट लाइनको नांगो तार र अन्य सेवा प्रदायकले टाँग्ने तारबीच ८० सेमीको दूरी हुनुपर्ने जनाएको छ । यस्तो तार र पैदलमार्गबीच २.४ मिटरको दूरी (उचाइ) हुनुपर्ने प्राधिकरणको मापदण्ड छ । त्यसैगरी, ४०० भोल्टको इन्सुलेटेड तार र अन्य तारबीच ३० सेमीको दूरी र यस्तो पोलमा पैदलमार्गसाग तारको दूरी ५.५ मिटर कायम गर्ने प्राधिकरणले निर्देशन दिएको छ ।

११ केभी र ३३ केभी लाइनमा विद्युत्को तार र अन्य तारबीचको दूरी २ मिटर, अन्य ४ सय भोल्टका उपकरण र तारबीचको दूरी ७५ सेमी हुनुपर्ने प्राधिकरणले बताएको छ ।

प्राधिकरणले राउटर, रिपिटर, एक्ट्रयाक्टर, अप्टिकल फाइबर वितरण बक्स, जोइन्ट क्लोजरजस्ता उपकरण पोलको एउटा मात्रै साइडमा क्रम मिलाएर, नहल्लिने, नझर्ने गरी क्लिप ब्यान्डको प्रयोग गरेर राख्नसमेत निर्देशन दिएको छ । राजधानी दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको