
काठमाडौं, चिकित्सकको छाता संस्था नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन (एनएमए) नेसनल हेल्थ समिट २०२२० दुई दिनसम्म राजधानीमा चल्यो । सो सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार उद्घाटन गर्नुभएको थियो ।
पहिलो दिनको दोस्रो चरणको कार्यक्रममा चिकित्सा र स्वास्थ्य क्षेत्रका जनशक्तिलाई स्वदेशमै हौसला, अवसर र प्रेरणा कसरी प्रदान गर्ने भन्ने विषयमा सरोकारवाला निकायका प्रतिनिधिहरूसँग दुई दशकदेखि स्वास्थ्यकर्मीको दरबन्दी नथपिनु, चिकित्सकलाई निजामति कर्मचारीको दाँजोमा कम तलब दिनु जस्ता कार्यले नेपालमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विदेशमा टिकाउन नसकिएको विषयमा बृहत् छलफल भएको थियो ।
छलफलमा नीतिगत रूपमा सुधारको खाँचो रहेको विषयमा सरोकारवाला निकायका प्रतिनिधिहरूले आफ्नो धारणा राखेका थिए ।
यसको साथै काम, अर्थ, मूल्यांकन हुनुका साथै दक्षता र अनुभवको उपयोग गर्न सामाजिक, आर्थिक र मानवीय हिसाबले राज्य र आम नागरिकले प्रौत्साहन गर्नुपर्ने आवश्यकता रहेको औंल्याइएको थियो । नेपाल समाचारपत्र दैनिकबाट







