
काठमाडौं, गृह जिल्ला डडेल्धुरामा पार्टीभित्रको विभाजनमा कारण प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ दलहरूसँग गठबन्धन गरेर निर्वाचनमा होमिने तयारी थालेका छन् ।
प्रधानमन्त्री देउवाकै कारण डडेल्धुरामा सत्तारूढ राजनीतिक दलहरूबीच चुनावी गठबन्धन हुने पक्कापक्की भएको नेकपा माओवादी केन्द्रका नेताहरू बताउँछन् ।
२०४८ सालदेखि हालसम्म ६ पटक डडेल्धुराबाट निर्वार्तित प्रधानमन्त्री देउवाविरूद्ध यसपटक नेकपा माओवादी केन्द्रले उम्मेदवारी नदिने सहमति भइसकेको नेकपा माओवादी केन्द्र डडेल्धुराका नेताहरू बताउँछन् ।
देउवासँग तीनपटक ९०६४, ०७० र ०७४० मा लगातार पराजित भएका माओवादी केन्द्रका स्थायी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट यसपटक देउवासँगै गठबन्धन गरेर प्रदेश सभा सदस्यका लागि निर्वाचनमा होमिने सहमति भएको नेकपा ९माओवादी केन्द्र० का एक केन्द्रीय सदस्यले बताए । नेपाल समाचारपत्र दैनिकबाट







